नेपालगन्जमा थपिए ९ जना कोरोना संक्रमित


नेपालगन्जमा थपिए ९ जना कोरोना संक्रमित

नेपालगन्ज: बाँकेको नेपालगन्जमा आईतबार ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालगन्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन् । र संक्रमित ७ देखि ५८ वर्ष उमेरका छन् ।

यसअघि शुक्रबार मात्रै नेपालगन्जमा पहिलोपटक एक जनामा कोरोना संक्रमण देखिएको थियो । त्यस लगत्तै बाँके प्रशासनले उच्च सर्तकता अपनाउदैं हिजो शनिबारमात्रै ९० जनाको स्वाब परीक्षणका लागि संकलन गरेको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । तीमध्ये १६ जना निको भएर घर फर्किएका थिए । निको भएका मध्ये १ जनामा पुनः अस्वस्थ भएर फर्किएकाछन् ।

नेपालगन्जबाट संकलन गरिएको ९० जनाको स्वाबमध्ये पहिलो चरणमा ३० जनाको परीक्षण गर्दा ९ जनामा कोरोनामा देखिएको छ । भने अन्य १० जनाको रिपोर्ट बेलुका सम्म आइपुग्ने भेरी अस्पताल नेपालगन्जका मेसु डाक्टर प्रकाश थापाले जानकारी दिए । यस्तै अन्य ६० जनाको स्वाबको परीक्षण हुन बाँकी छ ।

Kanti Aarogya Hospital Nepalgunj

आईतबार भेटिएका नेपालगन्जका ९ जना नयाँ संक्रमित यसअघि भेटिएका ६० वर्षिय संक्रमित ब्यक्तिको परिवार सदस्य हुनसक्ने आँकल गरिएको छ यद्यपी यस विषयमा आधिकारीक धारणा भने आएको छैन ।