नेपालगन्ज: नेपाल अडिटर्स एशोसियसनका केन्द्रीय सदस्य मोहम्मद जुबेर राई नेपालगन्ज उपमहानगरपालिकाको परसपुरमा राहत वितरण गरेका छन् ।
राईले आफ्नो ब्यक्तिगत लगानीमा करिब दुई सय घरपरिवारलाई उनले खाद्यान्न लगायतका सामान वितरण गरेका छन् ।
उनकाअनुसार प्रतिघरपरिवार १० किलो चाम, एक किलो दाल, एक किलो नुन, एक किलो चीनी र आधा लिटर खानेतेल वितरण गरिएको छ । उनी राई एण्ड कम्पनीका सञ्चालक हुन् ।