नेपालगन्जः बाँकेको नेपालगन्जमा आईतबार ९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसगैं थप ६ जनामा कोरोना पुष्टि भएकोछ । पहिलो कोरोना संक्रमित भेटिएसगैं बाँके प्रशासनले संक्रमित ब्यक्तिको सम्पर्कमा आएका ९० जना ब्यक्तिहरुको शनिबार स्वाब संकलन गरेको थियो ।
उक्त स्वाबमध्ये ३० जनाको आईतबार परीक्षण गर्दा आईतबार बेलुकासम्म ९ जनामा कोरोन संक्रमण पुष्टि भएको थियो । यसअघि परीक्षण गरिएकोमा संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला थिए । जसमा ७ देखि ५८ वर्ष उमेरका ब्यक्ति संक्रमित थिए ।
यसअघि शुक्रबार मात्रै नेपालगन्जमा पहिलोपटक एक जनामा कोरोना संक्रमण देखिएको थियो । त्यस लगत्तै बाँके प्रशासनले उच्च सर्तकता अपनाउदैं हिजो शनिबारमात्रै ९० जनाको स्वाब परीक्षणका लागि संकलन गरेको थियो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । भने बाँकेमा मात्रै १६ जना कोरोना संक्रमित भेटिएकाछन् । बाँकी ६० जनाको रिपोर्ट अझै आउन बाँकी छ ।
देशभरका कुल कोरोना संक्रममित मध्ये १६ जना निको भएर घर फर्किएका थिए । तर त्यसमध्ये एक जना पुनः अस्वस्थ भएपछि उपचारमा फर्किएका छन् ।
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ
कालिकोटमा सरकारी जग्गा व्यक्तिकाे नाममा, अख्तियारले दायर गर्याे आठ जनालाई भ्रष्टाचार मुद्दा
रक्सी खाने पैसा नदिएपछि सुर्खेतमा श्रीमतीको हत्या: सांसद बिकले संसदमा भनिन्- ‘लोकल रक्सी’ बन्द गरौं
बाँकेमा दुई कांग्रेस आमने-सामने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको उडानले नेपालगन्जसम्म आशा