अमेरिकन आइडलको टप टेनमा पुगे दिवेश पोखरेल


अमेरिकन आइडलको टप टेनमा पुगे दिवेश पोखरेल

File Photo

अमेरिका: अमेरिकन आइडलको उत्कृष्ट दशमा नेपालका दिवेश पोखरेल अर्थात ‘आर्थर गन’ पुगेका छन् । अमेरिकन आइडलको लाइभ शोमा छनोट भएर यसरी उत्कृष्ट दशमा पुग्ने उनी पहिलो नेपाली हुन् । भोटिङ र उनको प्रस्तुतीका आधारमा दिवेश अर्को राउण्डका लागि छनोट भएका हुन् ।

उनले आफ्नै घरमा आइतबार साँझ गितार बजाउँदै दिएको प्रस्तुतीमा जोन डेन्भरको टेक मि होम कन्ट्री रोड बोलको गीत गाएका थिए । उनको घरको व्याकग्राउण्डको एउटा कुनामा नेपाली हिमालको प्रिन्ट देखिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

आइतबार रातीको कार्यक्रममा आइडलले शीर्ष २० बाट शीर्ष ११ प्रतिस्पर्धी छनोट गरेको हो । शीर्ष १० प्रतियोगी अडियन्सको भोटमार्फत् छनोट गरिएको हो भने अर्का एक प्रतियोगीलाई निर्णायक मण्डलले छानेका हुन् । कोरोनाभाइरसको महामारीका कारण प्रत्येक प्रतियोगीले आफ्नै घरबाट प्रस्तुती दिँदै आएका छन् ।