म्याग्दीमा डेङ्गुको उच्च जोखिम : एकै दिन तीन जना अस्पतालमा भर्ना


म्याग्दीमा डेङ्गुको उच्च जोखिम : एकै दिन तीन जना अस्पतालमा भर्ना

म्याग्दी : म्याग्दीमा डेङ्गुको उच्च जोखिममा परेको छ । आइतबार एकैदिन तीन जनामा डेङ्गु सङ्क्रमण देखिएको छ ।

बेनी नगरपालिकाका विभिन्न बस्तीबाट उपचारका लागि आइतबार बेनी अस्पतालमा आएका एक महिला र दुई पुरुषमा सङ्क्रमण देखिएपछि जिल्लामा वैशाख महिनामै डेङ्गु सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

एक्कासि टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि अस्पतालमा उपचारका लागि आएकी बेनी नगरपालिका–५ भिरमुनि, वडा नम्बर ९ तोरीपानीको पुरुष र वडा नं ६ छापाकी महिलामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका क्लिनिकल प्रमुख डा नवराज बस्ताकोटीले बताए ।

‘म्याग्दीको ग्रामीण बस्तीमा धमाधम डेङ्गु सङ्क्रमित भेटिएका छन्, ‘उहाँहरूको ‘ट्राभल हिस्ट्री’ पनि छैन’, डाक्टर बस्ताकोटीले भने । वैशाख महिनामा चार पुरुष र एक महिलामा डेङ्गुको सङ्क्रमण देखिएसँगै म्याग्दी डेङ्गु रोगको जोेखिम उच्च रहेको डाक्टर बस्ताकोटीको भनाइ छ । -रासस