नेपालगन्ज: प्रस्तावित लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले बाँकेका स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण रोकथाममा अझै सक्रियरुपमा लाग्न निर्देशन दिएकाछन् ।
कोरोनाको संक्रमण नेपालगन्जमा बढेपछि आज (सोमबार) नेपालगन्ज आएका मन्त्री बरालले यहाँका स्वास्थ्यकर्मीहरुको छलफलमा यस्तो निर्देशन दिएका हुन् ।
बैठकमा मन्त्री बरालले कोरोनाको अवस्था बुझ्दै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्वाब परीक्षणको दायरा बढाउन निर्देशन दिए ।
उनले स्वाब परीक्षण लगायत कोरोना भाइरस संक्रमण रोकथामका लागि आवश्यक स्वास्थ्य सामाग्री लगायतको व्यवस्थापन गर्न कुनै कसर बाँकी नराख्ने बताएकाछन् । नेपालगन्ज आइपुगेका मन्त्री बरालले दिनभर विभिन्न स्वास्थ्यकर्मी, राजनीतिक दल, यहाँका प्रशासनीक निकायसंग छलफलमा ब्यस्त भएकाछन् ।
नेपालगन्जको न्यूरोड स्थित न्यू ईन्द्रेणी होटलमा विहान यहाँ स्थित स्वास्थ्यकर्मी र सर्वदलीय बैठक सकिएलगत्तै आज दिउँसो बाँकेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कासंग भेटेर उनकै कार्यकक्षमा सर्वदलीय सर्वपक्षिय बैठकमा सहभागि भएकाछन् ।
मन्त्री बरालले नेपालगन्जस्थित भेरी अस्पताल, आइसोलेशन लगायतका अवस्थाका बारेमा जानकारी लिएका थिए । भने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, भेरी अस्पतालका मेसु डाक्टर प्रकाश थापाले सो विषयमा मन्त्री बराललाई जानकारी गराएको बाँके जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिए ।
यसअघि स्वास्थ्यकर्मीसंग बसेको बैठकमा सामाजिक विकास मन्त्री सुदर्शन बरालसगैं सासंद कृष्णा केसी नमुना, भेरी अस्पतालका मेसु डाक्टर प्रकाश थापा, बाँके स्वास्थ्य कार्यालय फोकल पर्शन नरेश श्रेष्ठ लगायतको उपस्थिती रहेको बुझिएकोछ ।