नेपालगन्जः बाँकेको नेपालगन्जमा १६ जना कोरोनाका संक्रमित भेटिएसगैं यहाँको सुरक्षा व्यवस्था र स्वास्थ्य परीक्षणमा सम्बन्धित निकायको विशेष ध्यान गएकोछ ।
बाँकेको नेपालगन्ज कोरोनाको अति उच्च जोखिममा देखिएसगैं संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका साथै प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, बाँके स्थित स्वास्थ्य कार्यालय लगायतका निकायले आम नागरिकको स्वास्थ्य परीक्षणमा र बाँके प्रशासन र प्रहरी सुरक्षा व्यवस्थापनका पक्षमा विशेष ध्यान दिएका छन् ।
शुक्रबार नेपालगन्जमा एक जना ६० वर्षिय बृद्धलाई कोरोना संक्रमण देखिएपछि बाँकेको नेपालगन्ज तनावग्रस्त भएको हो । त्यसको दुईदिन नवित्दै नेपालगन्जमा १५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् ।
नेपालगन्जस्थित भेरी अस्पतालमा भएको ल्याबमा स्वाब परीक्षण गरिएका ४० जनामध्ये १५ जनामा उक्त संक्रमण देखिएको अस्पतालका मेसु डाक्टर प्रकास थापा बताँउछन् । त्यसअघि स्वास्थ्य परीक्षणका लागि किट अभाव भएको भनिएपनि सोमबार दिउँसो पाँच सय थान किट बुटवलबाट नेपालगन्ज आइसकेको स्वास्थ्य कार्यलय बाँकेका फोकल पर्शन नरेश श्रेष्ठ बताउँछन् ।
उनका अनुसार मङ्गलबार सम्मका लागि किट थियो, सोमबार नै थप किट आएकाले अब बाँकेमा केहीदिनका लागि किट अभाव हुदैन । शनिबार संकलन गरिएका स्वाबमध्ये परीक्षण हुन बाँकी रहेका रिपोर्ट बेलुका सम्म आइपुग्ने बताउँछन् ।