मंगलबार नेपालगन्ज आएको विश्व स्वास्थ्य संगठनको प्राविधिकसहितको टोली । तस्विर सौजन्य : नरेश श्रेष्ठ
नेपालगन्जः लक्षण विनाको ठूलो मात्रामा कारोना संक्रमित नेपालगन्जमा भेटिएपछि विश्व स्वास्थ्य संगठनको एक टोली नेपालगन्ज आएकोछ ।
विश्व स्वास्थ्य संगठनको उक्त स्वास्थ्य टोली नेपालगन्ज आएको बाँके जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिए ।
नेपालगन्जमा ठूलो मात्रामा कोरोना भाइरस संक्रमित भेटिएपछि यतिबेला विश्व स्वास्थ्य संगठनको ध्यान नेपालगन्जमा केन्द्रित छ ।
विश्व स्वास्थ्य संगठनको स्वास्थ्य तथा प्राविधिक टोली आज मंगलबार नेपालगन्ज आएको हो । नेपालगन्ज आएसगैं उक्त टोलीले नेपालगन्जका विभिन्न टोल तथा वस्तिमा स्वाब संकलन कार्यमा सहजिकरण गरिरहेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८, महेन्द्रपार्क नजिक टेन्ट लगाएर बाँकेको स्वास्थ्य टिमसगं विश्व स्वास्थ्य संगठनको उक्त टिमले कोरोना भाइरस आंशकित ब्यक्तिहरुको स्वाब संकलनको कार्यमा सहयोग गरिरहेको बुझिएकोछ ।
विश्व स्वास्थ्य संगठनको उक्त टोलीमा डाक्टर लगायतको टिम रहेको छ भने उनीहरुको विस्तृत जानकारी खुलाइएको छैन । सो टोली यतिबेला नेपालगन्जको कोरोना संक्रमित स्थलमा काम गरिरहेकोछ ।
बाँके प्रशासन तथा स्वास्थ्य टिमलाई सहयोग गर्न आएको उक्त टिम नेपालगन्जमा आवश्यकता अनुसार थप केही बस्ने बुझिएकोछ ।