उद्दार गरिएकाको स्वास्थ्य परीक्षण भएन


उद्दार गरिएकाको स्वास्थ्य परीक्षण भएन

नेपालगन्जः नेपालगन्जमा कोरोना भाइरस संक्रमित देखिएसगैं कर्णाली प्रदेशले उच्च सर्तकता अपनाएकोछ ।

कर्णाली प्रदेश सरकारले हिजो सोमबार रातीदेखि एक हप्ताका लागि प्रदेशभरका सवै नाका सिल गरेकोछ । यो सगैं यसअघि बाँकेको नेपालगन्ज लगायत विभिन्न नाकाबाट उद्दार गरि लगिएकाको स्वास्थ्य परीक्षण नहुदाँ यतिखेर दैलेखमा त्रासको वातावरण सिर्जना भएकोछ ।

लकडाउनकाबीच ११ सय ६३ जनालाई उद्दार गरि दैलेख लगिएको थियो । यसरी उद्दार गरि लगिएका ब्यक्तिहरुको स्वास्थ्य परीक्षण समेत नभएको र उनीहरु यतिबेला दैलेखका विभिन्न ठाँउमाहरु पुगिसकेले स्वास्थ्य जाँच गरिनुपर्ने दैलेखका स्थानीय नागरिक अगुवा पुष्कर थापा बताउँछन् ।

उनले सेतोखरीसगं कुरा गर्दै भने–‘नेपालगन्जमा कोरोना संक्रमित देखिएकाछन्, उद्दार गरि ल्याइएका अधिकासं त्यही बाटो भएर दैलेख आएका हुन् । यसले यहाँ त्रासको वातावरण सिर्जना भएको छ । सवैको स्वास्थ्य जाँच गरिनुपर्छ ।’

Kanti Aarogya Hospital Nepalgunj

यस्तै कर्णाली प्रदेश सरकारले पनि आफ्नो प्रदेशमा कोरोना भाइरस संक्रमणको परीक्षण गर्न सवै पालिकालाई निर्देशन दिइसकेकोछ । दैलेख प्रशासनले पनि जिल्लामा कोरोना भाइरस संक्रमणको विषयलाई मध्यनजर गर्दै सवै पालिकामा स्वास्थ्य टिम परिचालन गरि जाँचको दायरा बढाउने बताएकोछ । तर, नेपालगन्ज र सो नाका भएर उद्दार गरि दैलेख ल्याइएका ११ सय ६३ जनाको स्वास्थ्य जाँचमा कुनै पहल नभएपछि यतिबेला दैलेख जिल्ला त्रासमा रहेको नागरिक अगुवा थापा बताउँछन् ।