उदयपुरका ६ संक्रमित निको भए, विरगन्जका दुईजनामा कोरोना पुनः देखियो


उदयपुरका ६ संक्रमित निको भए, विरगन्जका दुईजनामा कोरोना पुनः देखियो

नेपालगन्जः उदयपुरमा संक्रमित देखिएका २८ जनामध्ये ६ जना निको भएकाछन् । कोशी कोरोना विशेष अस्पतालमा उपचाररत ६ संक्रमित निको भएका हुन् ।

पिसिआर विधिबाट लगातार दुईपटक परीक्षण गर्दा ६ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जानाएकोछ । भने उनीहरुलाई भोलि बुधबार बिहान डिस्चार्ज गर्ने तयारी गरिएको बुझिएकोछ ।

यीसहित कोरोना जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २२ हुनेछ । यसअघि १६ जना संक्रमित निको भइसकेका थिए भने सोही मध्ये दुईजनामा पुनः कोरोना पोजेटिभ पाइएकोछ ।

वीरगन्जमा कोरोना भाइरस संक्रमण देखिएपछि उपचार गरेर घर फर्किएका ती दुईजनामा फेरि कोरोना पोजेटिभ देखिएको हो । गत चैतदेखि वैशाखसम्म विभिन्न समयमा कोरोना पुष्टि भएर उपचारपछि दुईपटक कोरोना जाँच गर्दा नतिजा नेगेटिभ आएपछि वैशाख १४ गते चारजनालाई एकसाथ डिस्चार्ज गरिएको थियो । 

Kanti Aarogya Hospital Nepalgunj

डिस्चार्ज भएकाहरुलाई एक सातापछि फलोअपमा बोलाइएको र कोरोना जाँच गर्दा दुईजनामा पुनः कोरोना भाइरस पोजेटिभ देखिए नारायणी उपक्षेत्रीय अस्पतालका मेसु मदन उपाध्यायले जानकारी दिए ।

उनका अनुसार कोरोना पुनः पोजेटिभ देखिनेमा एक भारतीय मुस्लिम र अर्का रौतहटका १९ वर्षीय किशोर रहेको जनाइएको छ ।  भारतीय मुस्लिम समुदायका एकजनालाई ३० चैतमा र रौतहटका एक किशोरलाई गत १ वैशाखमा कोरोना पुष्टि भएको थियो ।

अहिले उनीहरु चारैजनालाई आइसोलेसना राखिएको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।

यता नेपालगन्जमा कोरोना भाइरस परीक्षणको दायरा बढाइएकोछ । विश्व स्वास्थ्य संगठनको एक टोली मंगलबार नेपालगन्जमा आएकोछ । नेपालगन्जका विभिन्न ५ वटा स्थानबाट कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन सुरु गरिएकोछ ।