नेपालगन्ज : कोरोना भाइरस संक्रमण परीक्षणका लागि नेपालगन्जबाट संकलन गरिएका स्वाब मध्ये ३४ जनाको रिपोर्ट नेगेटिभ आएकोछ ।
यसअघि नेपालगन्ज ८ जोलाहनपुर्वाको अन्सारी मस्जिदमा रहेका ६० वर्षीय बृद्धमा कोरोना भाइरस संक्रमण देखिएपछि बाँके प्रशासनले गत शनिबारदेखि स्वाब परीक्षण थालेको थियो ।
भेरी अस्पतालमा रहेको कोरोना भाइरस संक्रमण जाँच ल्याबमा गरिएको स्वाब परीक्षणमा आज बुधबार ३४ जनामा नेगेटिभ भेटिएको भेरी अस्पताल स्रोतले सेतोखरीलाई बताएकोछ । परीक्षण हुन बाँकीको रिपोर्ट आउन बाँकी छ ।