आज सांसदहरुमा कोरोना परीक्षण गरिदैं


आज सांसदहरुमा कोरोना परीक्षण गरिदैं

File Photo

नेपालगन्जः संघीय संसदको वर्षे अधिवेशनको पूर्वसन्ध्यामा सांसदहरुको कोरोना भाइरस परीक्षण गरिने भएकोछ । संघीय संसदको वर्षे अधिवेशन भोली शुक्रबार बस्दैछ ।

मंगलबार बसेको कार्यव्यवस्था समितिले स्वास्थ्य मन्त्रालयलाई संसद भवन छिर्नेहरुको स्वास्थ्य परीक्षणको व्यवस्थाका लागि आग्रह गरेको थियो । स्वास्थ्य मन्त्रालयले स्वीकार गरेपछि सचिवालयमा भएका चिकित्सकहरुका अतिरिक्त समेत थप गरेर कोरोना परीक्षणको व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ ।

कोरोना भाइरस संक्रमणले नेपालमा आफ्नो प्रभाव जमाइरहेका बेला सरकारले आजदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुमा कोरोना संक्रमणको परीक्षण गर्न लागेको हो ।

संसद सचिवालयका अनुसार आज बिहीबार बिहान ११ बजेदेखि प्रतिनिधिसभाका सदस्यहरुको पीसीआर प्रविधिबाट कोरोनाको परीक्षण शुरु हुनेछ । १० बजेदेखि राष्ट्रिय सभाका सदस्यहरुको परीक्षण सुरु हुनेछ । कोरोना परीक्षण गर्ने व्यवस्था संघीय संसद भवनकै ल्होत्से हलमा मिलाइएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

सवै सांसदहरुको एकै दिनमा स्वाब संकलन गरिसक्ने सचिवालयले पूर्व तयारी गरेकोछ । सांसदहरुको टेष्ट गरिसकेपछि कर्मचारी, मर्यादापालक, पत्रकारको स्वाब संकलनको प्रवन्ध मिलाइएको सचिवालयले जनाएकोछ ।