खजुरामा महोत्सवको तयारी तिव्र


खजुरामा महोत्सवको तयारी तिव्र

नेपालगन्ज : बाँकेको खजुरामा हुन लागेको ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ मेलाको तयारी ७० प्रतिशत पुरा भएको छ ।

खजुरामा लाग्ने महोत्सवलाई सफल बनाउन प्रदेशका सबै जिल्लालाई स्टलका लागि आव्हान गरिसकेको र स्टल दर्ता हुने क्रममा रहेको छ ।
महोत्सव मूल आयोजक समितिका संयोजक समरबहादुर खत्रीका अनुसार उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पनि सहयोगको प्रतिवद्धता जनाएको बताए ।

हालसम्म ७० प्रतिशत उपसमितिहरुको काम भैसकेको र बाँकी कामलाई तथासिघ्र पुरा गर्न खटाइएका समितिका संंयोजक खत्रीले बताए ।
प्रदेशका १२ वटै जिल्लाबाट स्टल आउने निश्चित भैसकेको घरेलु तथा साना उद्योग महासंघ बाँके शाखाका सचिव मधु खड्काले बताइन् ।
माघ २४ गतेदेखि फागुन ५ गतेसम्म सञ्चालन हुने महोत्सव नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको आयोजना र आधुनिक युवा सञ्जाल वन वे फिल्मस् प्रालिको सहकार्यमा हुन लागेको प्रसार प्रचार उप समितिका संयोजक भागवत कंडेल बताउँछन् ।