स्वास्थ्यकर्मी र जोखिम


स्वास्थ्यकर्मी र जोखिम

प्रिती खडका

नेपालगन्ज: यतिबेला विश्व जगत कोरोना भाईरस अर्थात कोभिड–१९ को त्रासवाट गुज्रिरहेको छ । हाम्रो देश नेपाल पनि यसबाट अछुतो रहन सकेन । सबै विश्वमा रहेका मानव जातिलाई नै यसले चुनौती दिई रहेको छ । दिन प्रतिदिन यसको जोखिम अझ बढ्दैछ ।

यसरी यसबाट सुरक्षित तरिकाले बस्न नसके मानव जीवनको अस्तित्व नै सङकटमा पर्ने प्राय निश्चित देखिन्छ । यतीबेला मेरो मानसपटलमा एउटै कुरा खेली रहेको छ । के मानव जिवनको अस्तित्व नै संकटमा परेको हो र ? यसले विश्व मेडिकल साईन्सलाई नै चुनौती दिएको देखिन्छ ।

आफैमा प्रती प्रश्न गर्ने गर्छु ? मेडिकल साइन्सले त असम्भव कुरालाई त सम्भव बनाउँछ । विश्वमा कैयन कुराहरु मेडिकल साइन्सको अवीस्कारले सम्भव भएका छन् । कसो पो मेडिकल साइन्सलाई कोरोनाले पछी पार्ला र ? यस्ता प्रश्नहरु दिन प्रतिदिन मेरो मन मस्तिष्कमा खेलीरहन्छन् ।

विश्व महामारीको रुप लिएको कोरोना भाइरस अर्थात कोभिड–१९ ले यतिबेला हामी स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरु अत्यन्तै जोखिमको चपेटामा पिल्सीरहेका छौं ।

Kanti Aarogya Hospital Nepalgunj

घरपरिवार आमा–बुवाबाट छुटिएर बस्नुको पीडा त छदैंछ । त्यसमा कोरोनाको महामारीले पनी मानसिक रुपमा तनाव दिईरहेको अवस्था हामी माझ विधमान छ । आप्mनो ज्यानलाई बाजी थापेर दिनरात नभनी ती संक्रमित बिरामीहरुको उपचारमा खटिरहँदा हामी नै संक्रमित भएर हाम्रो स्वास्थ्य उपचार कसले गरिदेला भन्ने चिन्ता भईरहेको छ ।

यति बेला राज्य सञ्चालनको बागडोर सम्हालेका राज्य सञ्चालनका विभिन्न तह र तप्काका नेतृत्वहरु पनी स्वास्थ्यकर्मीहरुलाई सुरक्षित तरिकाले काम गर्ने वातावरण सिर्जना गर्न सकिरहेका छैनन् ।

विश्व परिवेश कोरोना भाईरसबाट दिनप्रति दिन उच्च जोखिममा परिरहेको बेला कसैले पनि मनोबैज्ञानिक रुपमा सहयोग गरिएको देखिदैन । स्वास्थ्यकर्मीहरुको ज्यान जोखिममा छ भन्ने कुराको हेक्का कसैलाई पनि भएको पाईदैन । यतिबेला हामी नर्सिङ्ग पेशामा आवद्ध नर्सहरुलाई समाजले हेर्न दृष्टिकोण पनि बदलिएको देखिन्छ । कोरोना भाईरस समाजमा फैलाउने कारक तत्वका रुपमा नर्सहरुलाई समाजले बुभ्mने गरेको पाईन्छ ।

यतिबेला देशभरमा स्वास्थ्यकर्मीहरु कोरोना बिरुद्धको लडाईमा आफ्नो ज्यानलाई दाउमा लगाइरहेका छन् । यस्तो बेलामा सुरक्षामा विभिन्न सामाग्रीहरुको आवश्यक्ता परिरहेको छ । मनोबैज्ञानीक रुपमा उनीहरुलाई हौसला एवम प्रोत्साहनको खाँचो परीरहेको छ । यस्तो कुराहरुको अपेक्षा गरिरहेका हामी स्वास्थ्यकर्मीहरु उल्टै समाजबाट विभिन्न ठाउँमा सडक बन्द त्यतिमात्र नभई घरबाट निकिलिएर जाउ भन्नेसम्म गरिरहेको पाईन्छ । के यसो गर्दा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च होला त ?

कोरोना भाईरसले विश्वमानव जगत नै सङकटमा परिरहेको अवस्थामा यसको विरुद्ध हामी सबै एकताबद्ध भएर डटेर लड्न अतिआवश्क छ ।
हामी सबै हातमा हात, काँधमा काँध मिलाएर अगाडि बढ्यौं भने पक्कै पनि हामी सुरक्षित भएर आप्mनो अस्तित्व बचाईराख्न सक्छौं ।

राज्यले पनि अरु कर्मचारीभन्दा स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई हेर्ने दृष्टिकोणमा बिविधता ल्यायोस् । यस्तो जोखिम कै बेला काम गर्नेहरुका लागि थप हौसला र उर्जा प्रदान गर्नको लागि प्रोत्साहन स्वरुप सेवासुविधाको व्यवस्था गरियोस् ।

हामी समाज रुपान्तरणको लागिरहेका बेला आम नागरिक र जिम्मेवार ब्यक्तिहरुको व्यवहार पनि परिर्वतन हुन जरुरी छ । सकारात्मक हुन जरुरी छ । हामी स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनोस् ।

अन्त्यमा यसरी विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस यर्थात कोभिड–१९ बाट बच्न सबैको साथ र सहयोग मिलि रहोस् यति भएमा मात्र हामी मानव भएको सार्थकता रहन्छ ।

खडका नेपालगन्ज स्थित भेरी अस्तालमा कार्यरत स्टाफ नर्स हुन् ।