उपमहानगरपालिकाद्वारा पत्रकारलाई मास्क र सेनिटाईजर सहयोग


उपमहानगरपालिकाद्वारा पत्रकारलाई मास्क र सेनिटाईजर सहयोग

नेपालगन्ज : कोरोना भाइरस संक्रमणको जोखिमका बीच कार्यक्षेत्रमा खटिएका पत्रकारलाई स्वास्थ्य सामाग्री सहयोग गरिएकोछ ।

नेपालगन्ज उप–महानगरपालिकाले बिश्वव्यापी स्वास्थ्य समस्याको रुपमा देखिएको कोरोना भाईरस जोखिमका बीचमा कार्यक्षेत्रमा खटिएका पत्रकारहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

जिल्लामा रहेका विभिन्न सञ्चारगृहमा आबद्ध ६५ जना पत्रकारलाई प्रतिब्यक्ति ५० थान सर्जिकल मास्क र दुई थान सेनिटाईजर उपमहानगरपालिकाले सहयोग गरेको हो । यस्तै पत्रकारहरुलाई प्रतिब्यक्ति एक/एक वटा एनसेलको सीमकार्ड समेत उपलब्ध गराइएको छ ।

नेपालगन्ज मेयर डाक्टर धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रवक्ता प्रमोद रिजाल तथा प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले पत्रकारहरुलाई मास्क र सेनिटाईजर हस्तान्तरण गरेका थिए ।