सामाजिक सञ्जालमा ‘कारुणिक सेल्फी’

यस्तो भन्छन भारतीय कलाकार -


सामाजिक सञ्जालमा ‘कारुणिक सेल्फी’

नेपालगन्ज:यतिबेला सामाजिक सञ्जालमा एउटा तस्विर भाइरल भएकोछ । उक्त तस्बिरका विषयमा थुप्रै तर्कहरु सार्वजनिक भएकाछन् । घटना हो छिमेकी राष्ट्र भारतको । उक्त तस्विर सामाजिक सञ्जालमा अहिले एक ‘कारुणिक तस्बिर’ का रुपमा भाइरल बनेको छ । एक अन्जान फोटोग्राफरले खिचेको केही बालबालिकाको यो तस्बिर लाखौँ व्यक्तिले शेयर गरेका छन् । तर, तस्बिर खिच्ने फोटोग्राफर को हुन् र यो कहाँको तस्बिर हो भन्ने खुलेको छैन ।
यो तस्बिरमा केही बालबालिका सेल्फी लिने जस्तो गरि पोज दिइरहेका छन् । उनीहरुको मुहारमा मन्द मुस्कान छ । तर सेल्फी लिने बच्चाको हातमा मोवाइल नभएर फाटेको चप्पल छ । यी पाँच बालबालिकाको तस्बिर नेपालसहित भारतमा पनि भाइरल बनेको छ ।
यो तस्बिरलाई भारतका थुप्रै कलाकारले पनि शेयर गरेका छन् । अभिताभ बच्चन, अनुपम खेर, बोमन इरानी र सुनिल शेट्टीसहितका दिग्गज कलाकारले यसलाई शेयर गरेका छन् । कलाकारहरु मध्ये सुरुमा यो तस्बिरलाई अनुपम खेरले शेयर गरेका थिए ।

View image on Twitter
Anupam Kher
View image on Twitter
Boman Irani

कलाकार सुनील शेट्टीले पनि यो तस्बिरलाई शेयर गरेका छन् । ‘यो तस्बिर मिल्यो जसलाई शेयर नगरी बस्न सकेन, खुशी साच्चिकै दिमागको एक अवस्था हो,’ उनले क्याप्सनमा लेखेका छन् ।

View image on TwitterView image on TwitterView image on Twitter
Amitabh Bachchan
 
यस्तै अभिनेता अमिताभ बच्चनले यो तस्बिरलाई लिएर केही फरक विचार व्यक्त गरेका छन् । उनले आफ्नो एक ट्विटमा लेखेका छन् ‘आम मानिसहरु अब आम रहेनन्, उनीहरु खास छन्, उनीहरु स्वयं आफ्नो प्रचार गर्न सक्छन्, आफूतिर ध्यान कसरी आकर्षित गर्ने, उनीहरुले थाहा पाइसकेका छन् ।’