नेपालका दिवेश अमेरिकन आइडलको उपविजेता


नेपालका दिवेश अमेरिकन आइडलको उपविजेता

नेपालगन्ज : अमेरिकाको बहुचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको उपाधी चुम्नबाट बञ्चित भए नेपालका दिवेश पोखरेल उर्फ अर्थर गन ।

उत्कृष्ट २० हुदैं टप ७ मा पुगेका नेपाली युवा दिवेश पोखरेलले अमेरिकाको बहुचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको उपाधी चुम्ने आशा गरिएको थियो ।

उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट नआएपछि उपविजेतामा चित्त बुझाउनु परेको हो । यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् ।

निर्णायकहरुको तारिफ र विश्वभर चर्चित बनेका नेपालका दिवस अमेरिकन आइडलको उपाधि चुम्नबाट बञ्चित बनेका हुन् । दिवेशको चुनौती पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । भने नेपालका दिवेश अर्थात अर्थर गन उपविजेता बने ।

Kids Festival 2022
kanti aarogya hospital

आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । काठमाडौंको रवीभवनमा जन्मेका दिवेश सन् २०१४ मा अमेरिका गएका हुन् ।

यो पनि पढ्नुहोस्,

अमेरिकन आइडलको टप ७ मा पुगे दिवेश उर्फ ‘आर्थर गन’

अमेरिकन आइडलको टप टेनमा पुगे दिवेश पोखरेल

अमेरिकन आइडलको शीर्ष २० मा पुगे दिवेश