सद्भाव दैनिकले गर्यो आफ्ना कर्मचारीको जनही एक लाखको कोरोना स्वास्थ्य बीमा


सद्भाव दैनिकले गर्यो आफ्ना कर्मचारीको जनही एक लाखको कोरोना स्वास्थ्य बीमा

नेपालगन्ज : सद्भाव राष्ट्रिय दैनिकमा कार्यरत पत्रकारको ‘कोभिड–१९ बीमा’ गरिएकोछ ।

कोरोना भाइरस संक्रमणकाबीच सद्भाव दैनिकको समाचार शाखामा कार्यरत पत्रकारहरु समाचार संकलनका लागि जोखिम मोलेर फिल्डमा खटिनुपर्ने भएकोले सद्भाव दैनिकले कोरोना स्वास्थ्य बीमा गरेको हो ।

सद्भाव दैनिकका प्रकाशक÷सम्पादक दामोदर भण्डारीले कोरोना भाइरसको जोखिमका बीच रिर्पोटिङ्ग गर्नुपर्ने भएकाले त्यसलाई मध्यनजर राखेर सुरक्षाका निम्ति कर्मचारीको स्वास्थ्य बीमा गरिएको जानकारी दिए ।

सद्भाव दैनिकका प्रबन्ध निर्देशक रवि कनोजिया, सह सम्पादक विजय मल्ल, कार्यकारी सम्पादक कमल न्यौपाने, प्रकाशक÷सम्पादक दामोदर भण्डारीको शिखर इन्स्योरेन्स नेपालगन्जबाट जनही एक लाखकको कोरोना स्वास्थ्य बीमा गरिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

शिखर इन्स्योरेन्सका क्षेत्रीय संयोजक यज्ञबहादुर बस्नेतले कोरोना भाइरस पोजेटिभ देखिएमा ठाँउको ठाँउ बिमितलाई जनही एक लाख रुपैयाँ नगद प्रदान गरिने बताए ।