नेपालगन्जमा नर्सलाई कोरोना


नेपालगन्जमा नर्सलाई कोरोना

नेपालगन्ज : बाँकेमा पहिलोपटक स्टाफ नर्सलाई कोरोना भाइरस पोजेटिभ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बेलुका सार्वजनिक गरेको थप ३ संक्रमितमध्ये एक जना बाँकेको खजुराकी नर्स रहेको पाइएको हो ।

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–३, की ४२ वर्षकी ती संक्रमित महिला स्टाफ नर्स रहेको भेरी अस्पताल नेपालगन्जले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–३ निवासी कोरोना पोजेटिभ देखिएकी स्टाफ नर्सको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ मा पनि घर छ ।

नेपालमा हालसम्म ६ जना नर्समा कोरोना संक्रमण भएको छ । नेपाल अहिले सम्म संक्रमितको संख्या ४५७ पुगेको छ । भने बाँकेमा मात्रै १ सय १ जना कोरोना संक्रमित रहेकाछन् ।