देशमै एकैपटक ठूलो संख्यामा कोरोना संक्रमित निको भएर घर फर्किदैं


देशमै एकैपटक ठूलो संख्यामा कोरोना संक्रमित निको भएर घर फर्किदैं

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई डिस्चार्ज गरिने भएकोछ । देशमै पहिलोपटक ठूलो संख्यामा कोरोना भाइरस पोजेटिभ निको भएर घर फर्किन लागेका हुन् । 

खजुरा स्थित क्यान्सर अस्पतालमा उपचाररत बाँके नेपालगन्जका २१ जना कोरोना संक्रमितहरु निको भएपछि एकैपटक डिस्चार्ज गरिन लागेको हो । जसका लागि जिल्ला स्वास्थ्य कार्यालय बाँकेले आवश्यक तयारी थालेकोछ ।

जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्शन नरेश श्रेष्ठका अनुसार नेपालगन्ज उपमहानगरपालिकाबाट ल्याइएका संक्रमित मध्ये २१ जनालाई डिस्चार्ज गरिन लागेको हो ।

कोरोना विशेष अस्पतालमा उपचाररत ती संक्रमितहरुको पुनः परीक्षण गर्दा कोरोना पोजेटिभ नभेटिएपछि डिस्चार्ज गरिदैछ । बाँकेमा गत वैशाख १९ गते पहिलोपटक नेपालगन्ज उपमहानगरपालिकाका ६० वर्षिय बृद्धमा कोरोना पोजेटिभ पाइएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

यसरी शुक्रबार डिस्चार्ज हुनेमा बाँकेकै पहिलो संक्रमित ६० वर्षिय बृद्धसहित २१ जनाले कोरोनालाई जितेर २० दिनपछि घर फर्किदैछन् । हालसम्म बाँके जिल्लामा कोरोना भाइरस संक्रमित संख्या १ सय १ पुगेकोछ । जसमध्ये बाँकेको नरैनापुर गाउँपालिकाका २५ वर्षिय युवाको कोरोनाका कारण मृत्यु भइसकेकोछ ।