क्यान्सर पीडितको यकिन तथ्यांक अभाव


क्यान्सर पीडितको यकिन तथ्यांक अभाव

 नेपालगन्ज : अचम्म लाग्दो कुरा त के छ भने स्वास्थ्य क्षेत्रको जिम्मेवारी सम्हालेको स्वास्थ्य कार्यालय पनि बाँकेमा क्यान्सर रोगी कति छन् भन्ने यकिन तथ्यांक दिन सक्ने अवस्थामा छैन । यसले बाँकेको स्वास्थ्य क्षेत्रमा सरकारको दयनीय अवस्था तथा वेवास्तापनलाई प्रतिविम्बित गरेको छ ।

सरकारसँग विपन्न नागरिक कोषबाट सहयोग लिने क्यान्सर रोगीहरुको मात्रै तथ्याक रहेको छ । विपन्न नागरिक कोषबाट गत वर्ष १० हजार ८ सय २० जना क्यान्सरका बिरामीले उपचार खर्च लगेका थिए । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा अहिलेसम्म १ हजार ५ सय ५१ जना नागरिकले सेवा लिएका छन् । सरकारी स्वामित्वमा सञ्चालित उक्त अस्पतालमा सेवा विस्तार भएको करिब एक बर्ष भइसक्दा यतिले सेवा लिएका हुन् । तर, जिल्ला जनस्वास्थ्यसँग जिल्लामा कति यस्ता विरामी छन् कुनै रकर्ड नै छैन् ।
ओपीडि सेवा शुभारम्भ भएदेखि अहिलेसम्म ४ सय २८ जना पुरूष र १ हजार १ सय २२ जना महिलाले अस्पतालबाट सेवा लिएका छन् । जसमा १ सय ९५ जना नागरिक क्यान्सरका विरामी रहेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

क्यान्सरका विरामीमध्ये १ सय ३९ जना महिला र ६३ जना पुरूष रहेका छन् । यस अस्पतालमा साविकको मध्य तथा सुदूरपश्चिमका २४ जनाका साथै भारतका विभिन्न क्षेत्रबाट पनि नागरिकहरू उपचारका लागि आउने गरेका छन् । ०६६ सालमा स्वास्थ्य मन्त्रालयबाट एक सय शैयाका लागि अनुमति पाएको यो अस्पतालमा ६९ शैयाको भवन निर्माण भइसकेको छ । सबै क्यान्सरको बिरामीलाई एक लाखको दरले सरकारले उपचार खर्च सहयोग गर्दै आइरहेको छ । यसमा पनि क्यान्सरको किसिम, कुन उमेर समूह, जात र लिगलाई विभाजन गरिएको छैन । क्यान्सरसम्बन्धी अनुसन्धान नेपालमा पहिलो पटक सुरु भएको छ । सन् २०१८ जनवरीबाट सुरु भएको अनुसन्धान अन्तिम चरणमा पुगेको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका कार्यकारी निर्देशक डाक्टर अन्जनीकुमार झा बताउँछन्।

पछिल्लो समय नेपालमा धेरै क्यान्सरको सफल उपचार हुँदै आइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत रामबहादुर चन्द बताउँछन् ।
क्यान्सर लागे पछि उपचारको लागि विदेश नै धाउनु पर्ने बाध्यताहरु हटेका छन् उनले भने ‘तर, क्यान्सर रोगमा अहिलेसम्म कुनै पनि अनुसन्धान हुन सकेको छैन् ।’ उनकाअनुसार फोक्सोको क्यान्सर पहिलो नम्बरमा रहेको छ । दोस्रो नम्बरमा महिलाको पाठेघरको क्यान्सर देखिन्छ । फोक्सोे, पाठेघरको मुख, स्तन, घाँटी,नाक,मुख, ठूलो आन्द्रा, लिन्फो र ब्रेन ट्यूमरलगायतका क्यान्सरको नेपालमा नै सफल उपचार हुँदै आइरहेको उनी बताउँछन् ।