नेपालगन्ज : भेरी अस्पतालमा लामो समयदेखि थुपारिएको फोहोर व्यवस्थापन गरिदैंछ । नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा अस्पताल व्यवस्थापन समितिले उक्त फोहोर व्यवस्थापनको काम थालेको अस्पतालका प्रमुख डाक्टर प्रकाशबहादुर थापा बताउँछन् ।
अस्पतालको प्रमुख भएदेखि फोहोर व्यवस्थापनका बिषयमा गम्भीर देखिएका डाक्टर थापालाई केही दिनअघि अस्पताल व्यवस्थापन समिति नियुक्त भएपछि काममा सहजता भएको हो ।
अस्पतालमा एक वर्षदेखि फोहोर थुपारिएको थियो । उक्त फोहोरा शनिबार विहानदेखि उपमहानगरपालिकाले उठाउन सुरु गरेको छ । अस्पतालमा उत्पादन भएका फोहर तथा फोहरजन्य बस्तु विसर्जन गर्ने ठाउँ नपाउँदा एक वर्षदेखि अस्पताल परिसरमा नै थुपारिएको प्रमुख थापा बताउँछन् ।
भेरी अस्पताल विकास समितिले उपमहानगरपालिकालाई अस्पतालको फोहोरो व्यवस्थापनमा ध्यान दिन आग्रह गरेपछि उपमहानगरपालिकाले शनिबारबाटै फोहोर उठाउन थालेको उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्शेर राणा बताउँछन् ।
अस्पतालमा उत्पादन हुने फोहर ब्यवस्थापन चुनौतीको रुपमा देखिने गरेको अस्पतालका अध्यक्ष प्रमोद धिताल बताउँछन् । भेरी अस्पताल परिसरमा करिब १० ट्रक फोहोर रहेको उपमहानगरपालिकाले बताएको छ ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा