कोभिड १९: प्रदेश ५ मा २३ हजारको स्बाब संकलन


कोभिड १९:  प्रदेश ५ मा २३ हजारको स्बाब संकलन

नेपालगन्ज: कोरोना संक्रमितको पहिलो खाता खोलेको नेपालगन्जमा दैनिक जसो संक्रमितको संख्या बढ्दै गएको छ । प्रदेश ५ को पछिलो कोभिड १९ अपडेटअनुसार यहाँ संक्रमितको संख्या एक हजार १ सय ३८ जना पुगेको छ । प्रदेशका १२ वटै जिल्लामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमण पुष्टि भएकाहरुमध्ये ५० प्रतिशत कपिलवस्तुमा छन् । दोस्रो दर्जामा बाँके देखिएको छ ।

सोमबार साँझसम्म प्रदेश ५ मा २३ हजार १३३ जनाको कोरोना भाइरस परीक्षणका लागि थ्रोट स्वाब संकलन भएको छ । जसमध्ये १६ हजार १६० जनाको नेगेटिभ आएको छ । अझै पाँच हजार ८७६ जनाको परीक्षण नतिजा आउन बाँकी रहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा सबैभन्दा बढी कपिलवस्तुमा ६ हजार १२५ जनाको नमूना संकलन गरिएकोमा अझै ९८३ जनाको परीक्षण नतिजा आउन बाँकी छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयले जारी गरेको रिपोर्ट अनुसार कपिलवस्तुमा ५५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो तथ्यांकअनुसार बाँके जिल्लामा २७० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै रुपन्देही जिल्लामा ११४ जनामा संक्रमण पुष्टि भएको छ । दाङ जिल्लामा ७६ जनामा संक्रमण पुष्टि भएको छ । बर्दिया जिल्लामा ४२ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

नवलपरासीबर्दघाट सूस्ता पश्चिममा २१ जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये पाल्पामा ८, गुल्मीमा ६ अर्घाखाँचीमा ३६ जना रहेका छन् । योत्यस्तै प्युठानमा ४ तथा रुकुम पूर्व र रोल्पामा ३/३ जनामा संक्रमण पुष्टि भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

सबैभन्दा कम रुकुम पूर्वमा १ सय ३९ जनाको स्वाब संकलन भएकोमा ४९ जनाको रिपोर्ट आउन बाँकी छ । यहाँ ३ जनामा संक्रमण पुष्टि हुँदा ८७ जनाको नतिजा नेगेटिभ आएको छ ।