File Photo
नेपालगन्ज: बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा रहेको कोरोना जाँच केन्द्रले समयमै संकलित स्वाब जाँच्न नसक्दा उत्पन्न वातावरणले कोरोना संक्रमितको जोखिम बढाएको छ ।
भेरी अस्पतालमा बाँके सहित बर्दिया, दाङ, सुर्खेत लगायतबाट कोरोना परीक्षणका लागि पठाइएको नमुनाको चाङ लागेको छ । यकातिर सरकारले कोरोना संक्रमण जाँचको दायर बढाउन नसकेको आरोप खेपिरहेको अवस्थामा बझाङ मै पहिलो पटक स्थानीय तहले कोरोना जाँका लागि पीसिआर मेशिन खरिद प्रक्रिया अघि बढाएकोछ ।
जिल्ला विपद् व्यवस्थापन समिति बझाङको बैठकले कोराना भाइरसको भरपर्दो चेकचाँच विधि पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख खडकबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमणपछि जिल्लामा भएका १ सय ९० वटा क्वारेन्टिन र क्वारेन्टिनमा बसेकाहरूको अवस्थाका विषयमा समिक्षा गर्दै पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको छ ।
बझाङका क्वारेन्टिन भारतबाट फर्किएकाले भरिन थालेपछि पीसीआर मेसिन खरिद गर्ने तयारी भएको जनप्रतिनिधिले बताएका छन् । सोमबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा स्थानीय तहका जनप्रतिनिधिले पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेका हुन् ।
हालसम्म स्वाब परीक्षण गर्ने मेसिन सुदूरपश्चिम प्रदेशको प्रादेशिक प्रयोगशाला कैलालीमा रहेको छ । सुदूरपश्चिममा एउटा मात्र मेसिन हुँदा रिपोर्ट ढीला आउने समस्याले ग्रामीण क्षेत्रमा कोरोनाको जोखिम बढेको छ ।
क्वारेन्टिनमा बसेकालाई तीव्र गतिको स्वास्थ्य परीक्षणको भरमा घर पठाउँदा झनै जोखिम बढेकोले पीसीआर मेसिन खरिद गर्नुपर्ने अवस्था आएको बैठकमा उपस्थित जनप्रतिनिधिले बताएका छन् । मेसिन खरिदका लागि नगरपालिकाले १५ लाख र गाँउपालिकाले १० तथा जिल्ला समन्वय समितिले १५ लाख दिने निर्णय समेत गरिएको छ ।
प्रदेश र केन्द्र सरकारको भरपर्दा कोरोना जोखिमको बढेको भन्दै यस्तो निर्णय गरिएको जयपृथ्वी नगरपालिकाका प्रमुख विरेन्द्र खड्का बताउँछन् ।
त्यस्तै, प्रत्येक स्थानीय तहले २० देखि १ सय वेडका आइसोलेसन वार्ड पनि तयार गर्ने उक्त बैठकले गरेको छ । अहिले आरडीटी परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिए संक्रमितलाई जिल्ला अस्पताल बझाङको आइसोलेसनमा राख्ने गरिएको छ ।
देशमै पहिलो पटक स्थानीय तहको अग्रसरतामा कोरोना जाँचका लागि आवश्यक पर्ने मेशिन तथा स्वास्थ्य सामाग्री खरिद गर्न लागेको हो । यसले थप अन्य स्थानीय तहलाई समेत अनुसरण गर्न हौसला प्रदान गर्नेछ ।