नायिका निरिषा बस्नेतलाई कोरोना देखियो


नायिका निरिषा बस्नेतलाई कोरोना देखियो

नेपालगन्ज: चर्चित नायिका निरिषा बस्नेतलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । कोरोनाको संक्रमण देखिएपछि उनी चिकित्सकको निगरानीमा रहेको बताइएको छ । उनको स्वास्थ्य अवस्था बारे आधिकारिक जानकारी भने दिइएको छैन ।

नेपाली चलचित्र ‘जानी नजानी’मा मुख्य अभिनेत्रीको भूमिका निभाएकी निरिषा अहिले भारतको मुम्बईमा रहेर सिरियलमा काम गरिरहेकी छिन् ।

Kids Festival 2022
kanti aarogya hospital

मुम्बइमा रहेर सिरियलमा काम गर्दा गर्दै नेपाली चलचित्रमा प्रवेश गरेकी उनले चलचित्र जानी नजानीबाट डेब्यु गरेकी हुन् । उनले भारतीय सिरियल ‘चन्द्र नन्दिनी’ मा पनि काम गरि सकेकी छिन् ।