नेपालगन्ज: बाँकेमा पहिलो पटक कोरोना संक्रमित एक जनाको सफल शल्याक्रिया भएको छ । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा कोरोना संक्रमित गर्भवती महिलाको आज मङ्गलबार सफल शल्यक्रिया गरिएको छ ।
१८ हप्ते गर्भवती महिलाको ठूलो आन्द्रमा समस्या देखिएपछि शल्यक्रिया गर्नुपरेको अस्पतालका उप–निर्देशक डाक्टर दिनेश श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार करिब डेढ घण्टाको प्रयासपछि महिलाको सफल शल्यक्रिया गरिएको हो । शल्यक्रियापछि महिला र पेटभित्रको बच्चाको अवस्था सामान्य रहेको डाक्टर श्रेष्ठले बताए ।
अछाम जिल्ला, बयलपाटा अस्पतालबाट रिफर भई बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा भर्ना भएकी ती महिलामा कोरोना संक्रमण देखिएको थियो । कोरोना रिपोर्ट पोजिटिभ आएपछि मेडिकल कलेजको कोहलपुर अस्पतालको बहिरङ्ग विभाग र आपातकालीन कक्षलाई सोमबार रातीदेखि नै शील गरेको थियो ।
कोरोना संक्रमित महिलाको शल्यक्रियामा नेपालगन्ज मेडिकल कलेज प्राचार्य डाक्टर मोदनाथ मरहठ्ठा, उप–प्राचार्य डाक्टर अनुप शर्मा तथा डाक्टरहरु प्रदीप थापा, आशिष भट्ट, शिरीष आचार्य एवंम स्टाफ नर्सहरु सुनिता योगी, शुष्मिता गुरु, निर्मला वैगार लगायतको टिमले सफल शल्यक्रिया गरेको हो ।
यस्तै विरामीको पैथोलोजी जाँच गर्ने प्राविधिक रमेश जिसी, पोष्टअपरेटिभ स्टाफ नर्स खुस्बु वर्नवाल, मनीस योगी, बिपना सिंह तथा सहायक डम्बर जिएम, धर्मिलाल बुढा लगायतको टिमले काम गरेको अस्पतालद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख ।
अछामबाट जेठ २६ गते दिउँसो २ बजे कोहलपुर स्थित अस्पताल ल्याइएकी ती २५ वर्षकी युवतीको कोरोना जाँच गर्दा संक्रमण देखिएपछि सोमबार रातीदेखि अस्पताल शील गरिएको थियो ।
कोरोना संक्रमित गर्भवती महिलाको सफल शल्यक्रिया भएपछि नेपालगन्ज मेडिकल कलेज कोहलपुरका उप–निर्देशक डाक्टर दिनेश श्रेष्ठ र लर्ड बुद्ध एजुकेशनल एकेडमि कोहलपुरका सहायक निर्देशक डाक्टर नितेश कुमार कनोडियाले संयुक्तरुपमा प्रेस विज्ञप्ती जारी गर्दै कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै शल्यक्रियामा खटिएका सबैलाई धन्यबाद दिएका छन् । यस्तै यसअघि शील गरिएको अस्पताल भोली बुधबारबाट पुनः सुचारु हुने विज्ञप्तीमा उल्लेख छ ।
ट्राफिकसँग विवादपछि चालकले लगाएका थिए आफैलाई बसभित्र हुलेर आगो
भित्र आफू हुलिएर २५ वर्षे चालकले किन लगाए बसमा आगो?
दाङका गिरी दाजु-भाई दुईतिर, चार सभापति बाहिरै
नेपालगन्जमा १०७ ग्राम खैरौ हिरोइनसहित श्रीमान्-श्रीमती पक्राउ
काँग्रेस महाधिवेशन: ६ हजार १ सय ३२ वडा अधिवेशन सकिए
परराष्ट्रमन्त्री र प्रधानमन्त्रीलाई रास्वपाकाे यस्ताे निर्देशन