सुदूरपश्चिममा पहिलोपटक तीन प्रहरी कोरोना संक्रमित


सुदूरपश्चिममा पहिलोपटक तीन प्रहरी कोरोना संक्रमित

कञ्चनपुरः सुदूरपश्चिम प्रदेशमा पहिलोपटक प्रहरीमा कारोना संक्रमण देखिएको छ। प्रहरीमा कारोनाको पुष्टि भएपछि बैजनाथ माविमा रहेको क्वारेन्टिन सिल गरिएको छ ।

कञ्चनपुरमा कार्यरत तीन प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । भीमदत्त नगरपालिकाको बैजनाथ माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिन सुरक्षार्थ तैनाथ प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दार गरी दुई र पुर्नवास नगरपालिकाको खड्डाकङ्कड प्रहरी चौकीमा कार्यरत एक गरी तीन प्रहरीमा कारोना संक्रमण देखिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

कोरोना संक्रमण देखिएका दुई जनाको महाकाली अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको र एक जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले बताए ।

उनका अनुसार संक्रमित तीनै जना प्रहरीको स्वास्थ्य अवस्था भने सामान्य छ । क्वारेन्टिनमा बस्दै आएका संक्रमित प्रहरीको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ र स्वाब सङ्कलन भइरहेको छ ।