नेपालगन्ज: प्रदेश नम्बर ५ मा कोरोना परीक्षणका लागि चारवटा पीसिआर मेशिन थप हुने भएको छ ।
५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बिहिबार आफ्नो फेसबुक पेज मार्फत प्रदेशमा थप चारवटा पीसिआर मेशिन जडान गर्न लागेको जनाएका हुन ।
उनले पीसिआर परीक्षणको दायरा बढाउ भनेर आन्दोलन गर्नु नपर्ने भन्दै यो परिस्थितिले बाध्य बनाएको अवस्था भएकाले प्रदेशमा थप चारवटा पीसिआर मेशिन जडान हुने जनाएका छन ।
५ नम्बर प्रदेशमा अहिले प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङ र भेरी अस्पताल नेपालगन्जबाट गरि तीन ठाउँबाट पीसिआर मेशिनबाट कोरोना परीक्षण हुँदै आएको छ ।
यद्यपी मुख्यमन्त्रीले थप पीसिआर मेशिन कुन–कुन ठाँउमा राख्न लागेको त्यो भने खुलाएका छैनन् ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा