नेपालगन्जः बाँके र बर्दियामा शुक्रबार १६ जना कोरोना संक्रमित थप भएकाछन् ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसिआर परीक्षणबाट बाँकेमा एक जना र बर्दियामा १५ सहित १६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
बाँके खजुरा गाउँपालिका वडा नम्बर ७ का एक जना २७ वर्षीय महिलामा कोरोना पोजेटिभ देखिएकोछ । भने बर्दियाको बढैयातालमा ९ जना, गुलरिया नगरपालिकामा ४ र मधुवन नगरपालिकामा २ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको भेरी अस्पताल नेपालगन्ज स्रोतले जनाएकोछ ।
यतिबेला भेरी अस्पातल नेपालगन्जको कोरोना जाँच ल्याबमा बाँके, बर्दिया, रोल्पा लगायतबाट आएको नमुना परीक्षण भइरहेको बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।