एकदशकपछि नरैनापुरबासीले पाए चिकित्सक


एकदशकपछि नरैनापुरबासीले पाए चिकित्सक

नेपालगन्ज: निरन्तरको चौतर्फी वकालतसँगै सम्वाद समूह बाँकेको सम्वाद सहजिकरणपश्चात बाँकेको नरैनापुरक्षेत्रमा चिकित्सक खटाएकोछ ।
योसगैं बाँकेको नरैनापुर वडा नम्बर–२, लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अब नियमित चिकित्सा सेवा शुुरु हुने भएको छ ।

नेपाल सरकारले एमबिबिएस डाक्टर सागर पन्तलाई खटाएपछि सो क्षेत्रमा नियमित चिकित्सा सेवा शुरु हुने भएको हो । छात्रवृत्ति करार अन्र्तगत डाक्टर पन्तले प्राथमिक स्वास्थ्य केन्द्रमा हाजिर भई जिम्मेवारी लिएकाछन् ।

सम्वाद समूह बाँकेले स्वास्थ्य कार्यालय, नरैनापुर गाउँपालिका, सांसद, प्रदेश सरकार लगायतका सरोकारवालासँग दरबन्दी अनुुसारको चिकित्सक उपलव्ध गराई स्वास्थ्य सेवा प्रवाह गर्न आवश्यक सम्वाद सहजिकरणको पहल गर्दै आएको थियो ।

कोरोना संक्रमणका कारण नरैनापरमा एक जनाको ज्यान गएपछि प्राथमिक स्वास्थ्य केन्द्रको विस्तारीकरण र सेवा प्रवाहको माग झनै चर्कोरुपमा उठेको थियो । एक दशक लगाएर निर्माण गरिएको अत्याधुनिक भवनमा चिकित्सकसँगै औषधि अभाव रहँदै आएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

वर्षौंदेखि चिकित्सकको अभाव झेल्दै आएका नरैनापुरबासीले अब भने चिकित्सा सेवा पाउने भएका छन् । शिक्षण अस्पताल काठमाडौंबाट अध्ययन पूरा गरेका डाक्टर पन्तले केन्द्रमा पुगेर जनप्रतिनिधि लगायतसँग आवश्यक परामर्श समेत गरेकाछन् ।

सोक्रममा सेवा प्रवाहका लागि चाहिने आधारभूत प्रविधि र सामग्री व्यवस्थापन गर्नेतर्फ केन्द्रित भएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए । एक हप्ताभित्र नियमित स्वास्थ्य सेवा शुरु गर्ने गरी तयारी गरिएको डाक्टर पन्तले बताउँछन् ।

यद्यपी स्वास्थ्य केन्द्रमा चिकित्सक ल्याउन प्रदेससभा सदस्य एवं सम्वाद सदस्य कृष्णा केसी नमूनाको विशेष पहल रहेको थियो । सम्वाद समूहको सहजिकरणपछि नरैनापुरमा शुरु भएको विद्युतीकरणले पनि स्वास्थ्य सेवा प्रदान गर्न थप मद्द पु¥याउनेछ ।

यसैबीच सम्वाद समूह बाँकेले प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रदान गर्न सकिने स्वास्थ्य सेवा, आइसोलेशन निर्माण र सम्वाद सहजिकरणको थप आवश्यकता बारे पनि समिक्षात्मक सम्वाद गरेको छ । प्रदेशसभा सदस्य नमुना, गाउँपालिकाका अध्यक्ष शाह, डाक्टर पन्तसहितका सरोकार पक्षबीच आवश्यक सम्वाद गरिएको सम्वाद समूहका शुक्रऋषी चौलागाईले सेतोखरीलाई जानकारी दिए ।