जानकीलाई स्वास्थ्य सामग्री प्रदान


जानकीलाई स्वास्थ्य सामग्री प्रदान

नेपालगन्ज: कोरोना विशेष अस्पताल(आइसोलेसन)का लागि आवश्यक स्वास्थ्य सामाग्री प्रदान गरिएकोछ ।

बाँकेको खजुरामा रहेको जनजागरण समाजले जानकी गाउँपालिकामा स्थापना गरिएको कोरोना विशेष अस्पताल (आइसोलेसन)लाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको हो ।

जनजागरणले संस्थागत विकास सञ्जाल ललितपुर र फेल्म नेपालको आर्थिक सहयोगमा कोभिड–१९ महामारी बिरुद्धको लडाईंमा सहकार्य गर्दै उक्त स्वास्थ्य सुरक्षा सामग्रीहरु प्रदान गरेकोछ ।

संस्थाले १ लाख १३ हजार पर्ने पीपिई–२४ थान, केएन–९५ मास्क–१०० थान, सेनीटाइजर ५०० एमएल–९ थान स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।
सस्थाका कार्यकारी व्यवस्थापक रामबहादुर पुनले जानकी गाउँपालिका प्रमुख रामनिवास यादवलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

जानकी गाउँपालिका प्रमुख यादवले जनजारण समाजले शुरुदेखि गाँउपालिकाको काममा सहयोग गर्दै आइरहेको र कोरोना महामारीको अवस्थामा पनि महत्वपूर्ण सहयोगले कोरोना भाइरस न्यूनिकरण टेवा पुग्ने बताए । उक्त सामाग्री वितरण कार्यक्रममा गाउँपालिका पदाधिकारी, स्वास्थ्यकर्मी, समाजका पदाधिकारी तथा कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।