नेपालगन्ज: क्वारेन्टिनमै एक जनाको मृत्यु । दर्जनौ कोरोना संक्रमित । गाउँपालिका नै शील भएको बाँकेको नरैनापुर शनिबारदेखि कोरोना मुक्त भएको छ । नरैनापुरमा एक २५ वर्षका युवकको कोरोनाकै कारण मृत्यु समेत भएको थियो ।
कोरोना संक्रमणको हटस्पट बनेको उक्त पालिकामा नागरिकमा सचेतना, उक्त क्षेत्रका प्रदेश साँसद कृष्ण केसी ‘नमूना’ को सहजिकरण प्रयास र उचित परामर्शका कारण शनिबार पालिका नै कोरोनामुक्त बनेको हो ।
लकडाउनसँगै सुरू नरैनापुरबासीका दुःख र हैरानी शनिबारदेखि सुखमा परिणत भएका छन् । कोरोना संक्रमण त भयो । आइसोलेसन र क्वारेन्टिनमा बस्नु त प¥यो । तर, सरकारी मापदण्ड नीति अनुसार गरिएको उपचारपछि अहिले उक्त गाउापालिकाका नागरिक कोरोनामुक्त भएका छन् । यसले शनिबार पालिकास्तरमा केही हदसम्म भएपनि खुशी छाएको गाउँपालिका अध्यक्ष मोहम्द ईस्त्यिाक शाह बताउँछन् ।
बाँकेमा कोरोना संक्रमितको संख्यामा कमी आएको छैन । क्वारेन्टिनको व्यवस्थापन अझै प्रभावकारी बन्न सकेको देखिदैन् । तर, नरैनापुरमा करिब एक हजार जना क्वारेन्टिनमा बसेर घर फर्किएका छन् । यद्यपी नरैनापुर संक्रमणबाट मुक्त भएपनि त्यसको डरबाट मुक्त भइसकेको छैन ।
क्वारेन्टिनको अव्यवस्थापन, भारतबाट लुकीछिपी आउनेको सानो संख्या र सरकारले तोकेकै नाकाबाट नेपाल भित्रिएकाको समयमै परीक्षण नहुनु अहिलेको समस्या देखिएको छ । चर्को गर्मी, होचो जस्ताको छाना र पर्याप्त सुविधाको अभावमा क्वारेन्टाइनमा बसेकाहरू आत्तिएकाहरू घर फर्किएका छन् ।
बाँकेमा शनिवार आइसोलेसन सेन्टर डुडुवा, राप्तिसोनारी, नरैनापुर का १४, १४ र ४ गरि जम्मा ३२ जना डिस्चार्ज भएकाछन् । योसंगै जिल्लामा डिस्चार्ज भएर घर जानेको संख्या लगभग दुईसय पुगेको छ ।
शनिबार डिस्चार्ज भएर घरजानेको संख्या पछि आइसोलेसनमा बाँकी ९९ जना मात्र छन् । जिल्लामा जम्मा डिस्चार्ज संख्या १ सय ९६ पुगेकोछ । सरकारले केहि दिन अगाडी संक्रमितलाई १४ दिन आइसोलेसन सेन्टरमा राखेपछि बिना चेकजाँच घर पठाउने निर्देशिका जारि गरेसंगै डिस्चार्ज भएर घर जानेहरुको संख्या ह्वात्तै बढेको हो जनस्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठ बताउँछन् ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा