५ हजार ५ सयमा कोरोना परीक्षण


५ हजार ५ सयमा कोरोना परीक्षण

नेपालगन्ज: कोरोना परीक्षणको दायरालाई अझ फराकिलो गराउदैं सरकारले अबदेखि निजी प्रयोगशालामा समेत कोरोना परीक्षण गर्न दिने भएकोछ ।

सरकारले निजी प्रयोगशालामा समेत पिसिआर परीक्षण गर्ने निर्णय गरेपछि देशभर कोरोना परीक्षणको दायरा बढ्ने विश्वास गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार मन्त्रीस्तरीय निर्णय गर्दै निजी प्रयोगशालालाई पनि कोरोना परीक्षण गर्न अनुमति दिएको हो ।

सरकारको यस्तो निर्णयले अब निजी प्रयोगशालाले सरकारले संकलन गरेका स्वाबका नमूना मात्र परीक्षण गर्न पाउनेछन् । हाललाई निजीका लागि ५ हजार ५ सय शुल्क निर्धारण गरिएको मन्त्रालय जनाएको छ ।

मन्त्रालयले अहिले निजी प्रयोगशालामा सरकारले हाल संकलन गरेका नमूना परीक्षणका लागि दिने छ । उक्त परीक्षण गरे बापतको रकम सरकारले निजी प्रयोगशालालाई उपलब्ध गराउने छ ।

Kanti Aarogya Hospital Nepalgunj

त्यसका लागि प्रयोगशालाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रमाणित गरेको हुनुपर्ने बताइएको छ । मन्त्रालयको नियमित बिफ्रीङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले पाटन, वीर र त्रिवि शिक्षण अस्पतालमा भिसा तथा निरोगिताको प्रमाणपत्रका लागि पीसिआर परीक्षण गराउने व्यवस्था मिलाएको हो ।