एकैदिन दाङका चार स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

२ स्वास्थ्यकर्मीसहित १२ जना डिस्चार्ज


एकैदिन दाङका चार स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

नेपालगन्ज : दाङमा एकैदिन ४ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस पोजेटिभ पाइएकोछ । दाङ घोराही उपमहानगरपालिकामा कोरोना व्यवस्थापनमा खटिएका चार जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको हो ।

दाङ घोराही उपमहानगरपालिकाका ४ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस पोजिटिभ पाइएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा घोराही उपमहानगरपालिका वडा नम्बर १८, ३ का ४६ वर्षीय पुरुष, ४८ वर्षीय पुरुष तथा घोराही उपमहानगरपालिका वडा नम्बर ४ का ५७ वर्षीया महिला र घोराही ४ कै ३१ वर्षीय महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

यसअघि दाङको लमही नगरपालिकामा १ र राप्ती गाउँपालिकामा १ जना स्वास्थ्यकर्मीमा पनि कोरोना पोजेटिभ देखिएको थियो । योसँगै दाङमा संक्रमित स्वास्थ्यकर्मीको संख्या ६ पुगेको छ ।

यसैबीच कोरोना संक्रमण भएपछि आइसोलेसनमा रहेका दाङका दुई स्वास्थ्यकर्मीसहित १२ जना सोमबार डिस्चार्ज भएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

कोरोना विषेश अस्पताल बेलझुण्डी आइसोलेसनमा भर्ना भएकामध्ये दुई जना स्वास्थ्यकर्मीसहित १२ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका हुन् । गढवा गाउँपालिकाको वडा नम्बर ६ मा रहेको जनता माध्यामिक विद्यालयमा सञ्चालित क्वारेन्टिनमा कार्यरत रहेका बेला कोरोना संक्रमण देखिएपछि लमही १ का ४० वर्षीय पुरुष र राप्ती गाउँपालिका ८ का ३६ वर्षीय स्वास्थ्यकर्मी आइसोलेसनमा भर्ना गरिएको थियो ।

भर्ना भएको १५ दिनपछि कोरोना परीक्षण गर्दा रिपोट नेगेटिभ आएपछि अस्पतालबाट उनिहरुलाई डिस्चार्ज गरिएको हो ।