नेपालगन्ज : पर्वत अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएसगैं अस्पताल बन्द गरिएको छ ।
पर्वत अस्पतालले शुक्रबार एक विज्ञप्ती जारी गर्दै अस्पतालका पाँच कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको भन्दै इमरजेन्सी बाहेक सबै सेवा बन्द गरेको जनाएकोछ ।
स्वास्थ्यकर्मीलाई नै कोरोना संक्रमण देखिएपछि अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द भएको हो । अस्पतालले अनिश्चितकालका लागि आकस्मिक बाहेकका सेवा बन्द गर्नुपरेको जानकारी विज्ञप्ति मार्फत दिएको छ ।
अस्पतालका मेसु डाक्टर शिशिर देवकोटाद्वारा जारी विज्ञप्तीमा अस्पतालका अनुसार २ जना डाक्टर, एक जना नर्स, एक जना ल्याब असिस्टेन्ट र कार्यालय सहयोगीलाई कोरोना संक्रमण देखिएको भनिएको छ ।
अस्पतालको आइसोलेसनमा हाल ३० जना कोरोना संक्रमित उपचाररत छन् । काठमाडौंको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।