खजुरा (बाँके) : छैठौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा खजुरा गाउँ पालिका वडा नम्बर–३ मा रहेको आदर्श माबिको क्वारेन्टिनमा रहेकाहरुलाई योग सिकाइएको छ ।
खजुरा गाउँपालिका पतन्जली योग समितिको आयोजनामा गरिएको योग अभ्यासमा योगा र प्रणायामका साथै सहभागी सबैलाई गुर्जो, बेसार लगायत जडिबुटी मिसाएर बनाएको काडापानी समेत बितरण गरिएको योगसमिती खजुराका महामन्त्री राजेन्द्रप्रसाद सापकोटाले जानकारी दिए ।
योगस मिती खजुराका अध्यक्ष ऋषिकेस जिसिको अध्यक्षतामा भएको योग अभ्यासमा योगसमिती आबद्ध तथा खजुरा गाउँपालिका उपप्रमुख एकमाया बिक, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, वडाअध्यक्षद्वय कान्तुराम गौतम र तिलकबिर सुनार, साइकल अभियन्ता सतिश निरौला, आदर्श माबी ब्यबस्थापन समितिका अध्यक्ष नेत्र रानाभाट लगायतको उपस्थित योग दिवस मनाइएकोछ ।