पत्रकारलाई स्यानिटाइजर र माक्स


पत्रकारलाई स्यानिटाइजर र माक्स

नेपालगन्ज : बाँके जिल्लामा बसेर पत्रकारिता गरिरहेका पत्रकारहरुलाई बागेश्वरी टेलिभिजनले मास्क र स्यानिटाइजर वितरण गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका– १० आर्दशनगरस्थित आफ्नै कार्यालय भवनमा एक कार्यक्रमकाबीच टेलिभिजनले १ सय ६३ जनालाई एन– ९५ मास्क र स्यानिटाइजर वितरण गरिएको टेलिभिजनका प्रबन्ध निर्देशक वसन्त शर्माले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

उनका अनुसार, समाचार संकलनका लागि फिल्डमा खटिने पत्रकारहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर टेलिभिजनले एन–९५ मास्क र स्यानिटाइजर वितरण गरेको हो ।

टेलिभिजनका अध्यक्ष लक्ष्मी नारायण शाहले कोरोना भाइरसको महामारीमा पत्रकारहरुले जोखिम मोलेर रिपोर्टिङ गरिरहेको उल्लेख गर्दै ती पत्रकारहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर स्वास्थ्य सामाग्री वितरण गरिएको हो । टेलिभिजनले सामाजिक दूरीको पालना गरेर स्वास्थ्य सामाग्री वितरण गरेको थियो ।