नेपालगन्ज: प्रस्तावित लुम्बिनी प्रदेश कोरोना भाइरसको संक्रमणको हिसाबले दोस्रो प्रभावित प्रदेश हो । मृत्युको तथ्यांकमा पहिलो हो । यहाँ दुई हजार ४ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जसमध्ये ९ सय ८६ जना उपचारपछि डिस्चार्ज भएका छन् । प्रदेशमा ८ हजार बढी स्वाबको पीसीआर परीक्षण रिपोर्ट आउन बाँकी छ । १२ जिल्लाका क्वारेन्टिनमा २२ हजार ५ सय २१ जना रहेका छन् ।
यहाँ १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमध्ये २ जनाको भारतमा मृत्यु भई नेपालमा परीक्षण भएको हो । एक जनाले आत्महत्या गरेका हुन् । हालसम्म एक हजार ४ सय ५६ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । प्रदेशमा हाल २१ हजार ७२६ जना क्वारेन्टिनमा रहेका छन् ।
प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ४ सय ३९ पुगेको छ । सोमबार विहानसम्मको तथ्यांक अनुसार प्रदेश ५ का १२ जिल्लामध्ये कपिलवस्तु जिल्लामा सबैभन्दा धेरै ७ सय ३, बाँकेमा ३ सय ४२, दाङमा २ सय ६०, रूपन्देहीमा २ सय ५०, अर्घाखाँचीमा २३९, गुल्मीमा १ सय ८० छ ।
यसैगरी, बर्दियामा १ सय ५४, प्युठानमा १ सय १, पाल्पामा ७९, नवलपरासी पश्चिममा ७३, रोल्पामा ४४ र रूकुम पूर्वमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य निर्देशनालय बताउँछ । प्रदेशका चारवटा कोरोना विशेष अस्पताल र आइसोलेसन सेन्टरमा समेत गरी १२ सय १८ जना उपचाररत छन् । तीमध्ये ७ जना आईसीयूमा छन् ।