लायन्सको रक्तदान


लायन्सको रक्तदान

शनिबार रक्त सञ्चार केन्द्रमा रगत दान गर्दै युवती I

नेपालगन्ज: बाँकेमा रगतको अभाव देखिएको छ । लकडाउनको समयमा रगतको अभाव देखिएपछि शनिबार नेपालगन्जमा रक्तदान कार्यक्रम गरिएको छ ।

लायन्स क्लवको आयोजनामा गरिएको उक्त रक्तदानमा ६० जना युवाले सहभागिता जनाएको लायन भावना रोकाले बताइन् । उनकाअनुसार लायन्स क्लबका विभिन्न शाखाको समन्वय र डोनर ग्रुपद्वरा संयुक्त रूपमा गरिएको कार्यक्रममा जिल्लाका ६० जना युवाहरूले रक्तदान गरेका हुन ।

Kanti Aarogya Hospital Nepalgunj

बिरामीलाई रगत जतिबेला पनि आवश्यक पर्ने भएकाले सयुक्त रुपमा मिलेर रक्तदान कार्यक्रम गरिएको आयोजक मोहम्मद राईले जनाकारी दिए ।