साहित्यकारको जमघट


...तिमीले बालेको आगो
ताप्नेहरुको भीडमा
तिमी नै
चिस्यानमा छौ ।

सरल विम्बमा शसक्त सन्देश बोकेको यो पंक्तिको चर्चा गर्दै समिक्षक एवं वरिष्ठ साहित्यकार रमेश समर्थनले माईतीघरको फूल कविता संग्रह सरल विम्बमा सशक्त सन्देशहरु बोकेर तैयार गरिएको कविता संग्रह भएको बताएकाछन् ।
शनिवार बुटवलमा आयोजित माईतीघरको फूल कविता संग्रहमाथी परिचर्चा कार्यक्रममा कवितामा समेटिएका केही शसक्त विम्बहरुलाई प्रस्तुत गर्दै वरिष्ठ सहित्यकार रमेश समर्थनले अर्को विम्ब प्रस्तुत गरे ।
.. मैले छोडेका ती ढुगांहरु
कुनै देवता बनि सकेछन्
कुनै गुलेलीका हतियारहरु...

उनले पंक्तिको समिक्षा गर्दै भने, हामीले छोडेका कुनै ढुगाँ कुन उचाईमा पुग्छ र कुनै ढुगाँ के रुपमा प्रयोेग गरिन पुग्छ, समयले पु¥याउने खेललाई यस पंक्तिले बेजोड तरिकाले उठान गरेको कुरा व्यक्त गरे ।

कविता संग्रहमा प्रयोग गरिएका विम्वहरु जस्तै धनको घुम्टोले, न्यायको निव भाँचिनु, रंगविहिन अस्थिपञ्जर लगायतका सरल तर शसक्त विम्वहरु प्रयोग गरिएको हुदाँ विम्वहरुलाई यति सरल तरिकाले प्रस्तुत गरिएको भन्दै उनले कविता संग्रहमा आक्रोश, व्यगं, माया, भावुकताको विशेष समिश्रणमा कविता संग्रह तैयार भएको बताए ।
...सीमामा सारिएका
पिलरहरुले देश साँघुरिएको
बुझाउन खोजे,
छिमेकीले लगाएको वाँधले
देश डुबाएको देखाउन खोजे
गल्ति मेरो के भो ? भन्दै देश प्रेम पनि कवितामा झल्किएको देखाउँदै माइतीघरकोे फूलका अर्का समिक्षक वरिष्ठ साहित्यकार गिरि श्रीस मगरले पनि कविता माथिको आफ्नो समिक्षा व्यक्त गरे ।
कविता माथिको समिक्षा व्यक्त गर्दै गिरि श्रीसले अर्को शसक्त पंक्ति पनि प्रस्तुत गर्नुभयो
...मेरा पाइलाहरु मरुभूमिको
तातो रापमा डामेर
खोलीको निश्चलतामा
च्वाइँय हुने गरि डुबाउन चहान्छु ।

बुटवल साहित्य संगमद्वारा आयोजना गरिएको रचनाकार सुमन थापाद्वारा रचित माईतीघरको फूल कविता संग्रह माथिको साहित्यिक परिचर्चा कार्यक्रममा अग्रज स्रष्टा पूणराम गिरि, प्रदेश नं. ५ का सासंद एवं साहित्यकार रमा घर्ती, वरिष्ठ पत्रकार एवं साहित्यकार दिपक ज्ञवाली, देवेन्द्र घिमिरे लगायतका साहित्यिक मनहरुको उपस्थिति रहेको थियो । जसमा रमेश समर्थक, सरीता श्रीस, धन कुमारी अर्याल, राजेन्द्र आचार्यले कृति माथि समिक्षा गरेका थिए ।

दुई दर्जन बढी कविता, गजल र मुक्तहरु वाचन गरिएको उक्त कार्यक्रममा साहित्यमा समर्पित तीन पुस्ताको बेजोड उपस्थिति रहेको थियो । जहाँ वरिष्ठ सहित्यकार एवं जीव आश्रित पुस्तकालयका संस्थापक अध्यक्ष एवं पूर्व सांसद देवेन्द्र घर्तीकोे उपस्थिति थियो भने युवा गजलकार पर्सुराम ढकालले पनि आफ्नो श्रृंगारिक गजल प्रस्तुत गरेका थिए । साहित्यकार पूर्णराम गिरिको धार्मिक गीतले सुन्दरता थपेको उक्त परिचर्चा कार्यक्रममा साहित्यकार दल बहादुर गुरुङ्ग, करुणा थापा, खुमा मगर लगायतका वक्ताहरुले आफ्नो भनाई राखेका थिए ।