३२ जनाले रक्तदान गरे


३२ जनाले रक्तदान गरे

नेपलागन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ ले रक्तदान गरेकोछ । वडामा निर्वाचित जनप्रतिनिधि आएपछिको ३ वर्षे कार्यकालका अवसरमा गरिएको समिक्षात्मक पत्रकार सम्मेलनका अवसरमा रक्त दान कार्यक्रम गरिएको हो ।

वागेश्वरी मन्दिर परिसरमा आज (शुक्रबार)एक कार्यक्रमको आयोजना गरि रक्तदान गरेको हो । उक्त रक्तदान कार्यक्रममा वडाबासी सहित नेपालगन्जका विभिन्न ३२ जनाले रक्तदान गरेका छन् ।

वडा सदस्य आशा थापा विष्टका अनुसार विहान ८ बजे आयोजना गरिएको रक्तदान कार्यक्रममा सहभागिहरुलाई प्रसंसा पत्र, टिसर्ट समेत प्रदान गरिएको थियो । बन्दाबन्दीका बीच रगतदाताहरुको कमि भइरहेको गुनासो आएका बेला वडा कार्यालयले समन्वयात्मक भूमिका खेली रक्तदान गरेको उनले बताईन ।

Kanti Aarogya Hospital Nepalgunj

रक्तदान अघि भएको समिक्षात्मक कार्यक्रममा वडा अध्यक्ष सुनिल सिहं हमालको सभापतित्व तथा नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमाथापा मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

अध्यक्ष हमालका अनुसार वडामा निर्वाचित जनप्रतिनिधि आएपछिको तीन वर्षे कार्यकालको समिक्षात्मक पत्रकार सम्मेलनमा तीन वर्षको अवधिमा सम्पन्न गरेका कामहरुको जानकारी गराउँदै रक्तदान गरिएको बताए ।

शहरी स्वास्थ्य केन्द्रसँगको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रम वडा अध्यक्ष सुनिल सिहं हमाल, वडा नम्बर ६ का वडाअध्यक्ष समीरमान सिंह, २ नम्बर वडासचिव सुभाष पौडेल, पत्रकारद्वय विजय मल्ल तथा काशी दर्शन लगायतले रक्तदान गरेका थिए ।

सोही कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्त सञ्चार कार्यालय नेपालगन्जलाई रगत परीक्षण तथा आवश्यक उपकरण, वस्तु समेत प्रदान गरिएको थियो ।