नेपालगन्जः ४५ करोड रकम हिनामिना गरेको आरोप लागेका सहकारी वित्तिय विकास संस्था लिमिटेड नेपालगन्जका सञ्चालक समितिका संस्थापक अध्यक्ष हरदेवबक्स चौधरीलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । उनी सहकारीको रकम हिनामिना प्रकरणपछि फरारर रहेको थिए । सहकारी र सहकारीका पदाधिकारीसंग बयान लिने क्रम चलिरहेको अवस्थामा पनि प्रहरीले उनलाई खोजीरहेको थियो ।
प्रहरीको खोजी सूचीमा रहेका संस्थापक अध्यक्ष चौधरी अहिले नेपालगन्जमै रहेको विशेष सुराकीको आधारमा प्रहरीले शनिबार विहान पक्राउ गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बताए । उनका अनुसार पक्राउ परेका सहकारीका संस्थापक अध्यक्ष चौधरीलाई बाँके प्रहरीले आफ्नो नियन्त्रणमा राखि उनीमाथि प्रारम्भिक अनुसान्धान थालेको छ ।
उक्त रकम हिनामिना घटनामा आरोपित मध्ये अधिकांशलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । कतिपयका विरुद्ध मुद्दा दायर भइसकेको छ तर, फरार रहेका संस्थापक अध्यक्ष चौधरी शनिबार पक्राउ परेको र उनीमाथि अनुसन्धान भइरहेको छ । उनीमाथिको अनुसन्धानबाट चौधरी दोषी ठहरिए उनका विरुद्ध पनि कानूनी प्रकृया अघि बढाईने बाँके प्रहरी बताँउछ ।
यसअघि संस्थाका चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिइसकेको छ । उनीहरु कारागारमा सजाय भोगिरहेका छन् ।
जिल्ला अदालत बाँकेका न्यायाधीश धनिश्वर पौडेलको ईजलाशले सहकारीका प्रमुख प्रबन्धक गोपाल भण्डारी, सहायक प्रमुख प्रबन्धक गङ्गाधर सुवेदी, बैंङिक प्रबन्धक अरुणकुमार पाठक र सहउपसहायक बलराम यादवलाई थुनामा राख्न आदेश दिएको थियो ।
अभियुक्तद्वय लेखा समिति सदस्य स्थिरमणी बज्राचार्य र ओमप्रकाश चौधरीसँग जनही २० लाख धरौटी मागिएको छ । बज्राचार्य २० लाख नगद धरौटी बुझाएर रिहा भएका छन् ।
जिल्ला अदालत बाँकेमा सहकारीका सञ्चालक र कर्मचारी गरी ४१ जनाविरुद्ध सहकारी रकम हिनामिना, ठगी र सङ्गठित अपराधअन्तर्गत अभियोग पत्र दायर भएको थियो । कतिपय अभियुक्त अझै फरार रहेको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर राना बताउँछन् ।
उनका अनुसार जुन फरार रहेका प्रत्येक ब्यक्तिको खोजी भइरहेको छ । उनीहरु भेटिए लगत्तै कारबाहीका लागि कानूनी प्रकृया अघि बढाईनेछ ।
सहकारीका ११ हजार ९०८ निक्षेपकर्ता र एक हजार ८६० शेयरधनीमध्ये एक हजार नौ निक्षेपकर्ता र शेयर धनीले जिल्ला प्रहरी कार्यालय बाँकेमा आफ्नो रकम फिर्ता गरी अभियुक्तमाथि कारबाहीको माग गर्दै जाहेरी दिएका थिए ।
तन्नेरी पुस्ताकाे आवाज दबाउन खाेज्दा फ्रान्समा सल्किएकाे हिंसाकाे आगाे
चोलेन्द्र, दीपक र ईनमको जालो सुशील भट्टसम्म, अझैं कहाँसम्म पुग्ला?
सुनकोसीमा खस्यो टाटा सुमो, ३ जनाको मृत्यु, चारजना नदीमै हराए
धेरैपछि बोले जीवी राई: मलाई थुनेर पैसा फिर्ता हुँदैन, नेपाल फर्किन चाहन्छु, रवीबारे के भने?
यस्तो बन्यो ‘बदलिएको काँग्रेस’ हाँक्ने टिम गगन
रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू