नेपालगन्ज : नेपालगन्ज जेसिजको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेकाछन् ।
‘मानवताको सेवा नै जिवनको सर्बोतम कार्य हो’ भन्ने जेसिज आस्था पाठलाई आत्मसाथ गर्दै वर्तमान समयमा रगतको अभाव भएको र यसलाई केही मात्रामा पुर्ती गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्त सञ्चार कार्यालय नेपालगन्जसंगको समन्वयमा शनिबार नेपालगन्जमा रक्तदान गरिएको नेपालगन्ज जेसिजकी स्वास्थ्य संयोजक जेसी प्रेमा शाहीले जानकारी दिइन ।
उनका अनुसार विभिन्न क्षेत्रमा क्रियाशिल युवाहरुले रक्तदान गरेका छन् । कोरोना महामारी रक्तदाताहरु स्वस्फूर्त रगतदान गर्न नआएपछि रगत अभाव हुन नदिन रक्तदान गरिएको शाही बताउँछिन् ।
जेसिज आबद्ध विभिन्न ब्यक्तिहरुको उपस्थितिमा भएको रक्तदानमा सहभागिहरुलाई सम्मान स्वरुप प्रमाणपत्र प्रदान गरिएको थियो ।