थुनुवा कोराना देखिएपछि कक्ष सिल


थुनुवा कोराना देखिएपछि कक्ष सिल

वीरेन्द्रनगर : बलात्कारको आरोपमा पक्राउ परेका एक थुनुवामा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनुवा कक्ष सिल गरिएको छ । हाडनाता करणीको आरोपमा पक्राउ परेका वीरेन्द्रनगरका ३६ वर्षीय पुरुषमा दुईदिनअघि कोरोना देखिएको थियो ।

प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पीडित र पीडकको सम्पर्कमा रहेका तथा प्रहरीसहित २२ जनाको पीसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको जानकारी दिएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

श्रीमान् विदेशमा रहेको मौका पारेर ती पुरुषले हाडनाता पर्ने एक महिलालाई करणी गरेका थिए । बलात्कार आरोपीको बयान सकिएको र अदालतमा मुद्दा दर्ताको प्रक्रियामा रहेको एसपी भट्टले बताए ।