सहकारीको रकम हिनामिना प्रकरण : संस्थापक अध्यक्ष चौधरी कारागार चलान


सहकारीको रकम हिनामिना प्रकरण : संस्थापक अध्यक्ष चौधरी कारागार चलान

नेपालगन्ज : ४५ करोड रकम हिनामिना गरेको आरोप पक्राउ परेका सहकारी वित्तिय विकास संस्था लिमिटेड नेपालगन्जका सञ्चालक समितिका संस्थापक अध्यक्ष हरदेवबक्स चौधरी कारागार चलान भएकाछन् । असार २७ गते पक्राउ परेका चौधरीलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

लामो समयदेखि फरार रहेका चौधरीलाई प्रहरीले नेपाल–भारत सीमानाका जमुनाहबाट नियन्त्रणमा लिएको थियो । चौधरीलाई बिहीबार अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

सहकारीमा आर्थिक अपचलनमा ४१ जनालाई प्रतिबादी बनाइएको छ । तीमध्येमा अध्यक्ष चौधरीसहित सात जना कारागार चलान भएकाछन् । कारगार पुग्नेमा गोपाल भण्डारी, गंगाधर सुवेदी, अरुण पाठक, बलराम यादव, सूर्य विक र रविन्द्र थापा रहेकाछन् ।

बाँके प्रहरीका अनुसार २७ जना प्रतिबादी अदालतमा उपस्थित भएकाछन् । अब ६ जना फरार रहेको प्रहरीले जनाउकोछ । सहकारी पीडितहरु संघर्ष समिति नै बनाएर आन्दोलनमा उत्रिएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

सहकारीका ११ हजार ९०८ निक्षेपकर्ता र एक हजार ८६० शेयरधनीमध्ये एक हजार नौ निक्षेपकर्ता र शेयर धनीले जिल्ला प्रहरी कार्यालय बाँकेमा आफ्नो रकम फिर्ता गरी अभियुक्तमाथि कारबाहीको माग गर्दै जाहेरी दिएका थिए ।

यो पनि पढ्नुहोस्

सहकारीको रकम हिनामिना प्रकरण : संस्थापक अध्यक्ष चौधरी पक्राउ