नेपालगन्ज : ४५ करोड रकम हिनामिना गरेको आरोप पक्राउ परेका सहकारी वित्तिय विकास संस्था लिमिटेड नेपालगन्जका सञ्चालक समितिका संस्थापक अध्यक्ष हरदेवबक्स चौधरी कारागार चलान भएकाछन् । असार २७ गते पक्राउ परेका चौधरीलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
लामो समयदेखि फरार रहेका चौधरीलाई प्रहरीले नेपाल–भारत सीमानाका जमुनाहबाट नियन्त्रणमा लिएको थियो । चौधरीलाई बिहीबार अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
सहकारीमा आर्थिक अपचलनमा ४१ जनालाई प्रतिबादी बनाइएको छ । तीमध्येमा अध्यक्ष चौधरीसहित सात जना कारागार चलान भएकाछन् । कारगार पुग्नेमा गोपाल भण्डारी, गंगाधर सुवेदी, अरुण पाठक, बलराम यादव, सूर्य विक र रविन्द्र थापा रहेकाछन् ।
बाँके प्रहरीका अनुसार २७ जना प्रतिबादी अदालतमा उपस्थित भएकाछन् । अब ६ जना फरार रहेको प्रहरीले जनाउकोछ । सहकारी पीडितहरु संघर्ष समिति नै बनाएर आन्दोलनमा उत्रिएका छन् ।
सहकारीका ११ हजार ९०८ निक्षेपकर्ता र एक हजार ८६० शेयरधनीमध्ये एक हजार नौ निक्षेपकर्ता र शेयर धनीले जिल्ला प्रहरी कार्यालय बाँकेमा आफ्नो रकम फिर्ता गरी अभियुक्तमाथि कारबाहीको माग गर्दै जाहेरी दिएका थिए ।
यो पनि पढ्नुहोस्
सहकारीको रकम हिनामिना प्रकरण : संस्थापक अध्यक्ष चौधरी पक्राउ
अस्थायी चिहान बनाएर शव १२ बर्षसम्म राख्न सकिन्छ
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर