४ हजार ८१ संक्रमितमा ३ हजार ६७५ जनाले जिते कोरोना
File Photo
नेपालगन्ज : प्रस्तावित लुम्बिनी प्रदशेमा कोरोना संक्रमितको संख्या घट्दै गएको सरकारी तथ्याकंले देखाएको छ । तर, यस प्रदेशका नागरिकको लक्ष्य अनुसारको कोरोना परीक्षण हुन सकेको छैन् ।
प्रदशेमा रहेका सरकारी स्वास्थ्य संस्थाहरूको तथ्याकंलाई निहाल्दा आइतबार दिउँसोसम्म यहाँका १२ वटा जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार ८१ जना देखिएको छ ।
जसमा ३ हजार ६ सय ७५ जना कोरोना जितेर घर फर्किएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठ बताउँछन् । अहिलेसम्म प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ जना छ । प्रदेशभरका १ सय ५० वटा आइसोलेशन कक्षमा अहिले ३ सय ९३ जनाले उपचार गराइरहेका छन् ।
प्रदेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्याक अनुसार ९० दशमलव ५ प्रतिशतले कोरोना जितेर घर फर्किएका छन् ।
तथ्याकंअनुसार बाँकेमा कुल संक्रमितको सख्या ३ सय ३४ जना रहेका छन् । त्यहाँका १३ वटा आइसोलेशन कक्षमा २० जनाले उपचार गराइरहेका छन् । ३ सय ७२ जना निको भइ घर फर्केको फोकल पर्सन श्रेष्ठ बताउँछन् । उनकाअनुसार अहिलेसम्म बाँकेमा २ जनाको मृत्यु भएको छ ।
बर्दियामा कुल संक्रमितको संख्या २ सय २० जना रहेको छ । ११ वटा आइसोलेशन कक्षमा २८ जनाले उपचार गराइरहेका छन् । १ सय ९२ जना निको भई घर फर्केका छन् ।
दाङका ७ जटा आइसोलेशनमा कुल संक्रमित ६ सय ४१ जना मध्ये १ सय ५० जनाले उपचार गराइरहेका छन् । ४ सय ८९ जनाले कोरोना जितेर घर फर्केका छन् । त्यस जिल्लामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन् ।
पाल्पा जिल्लामा २५ वटा आइसोलेशन कक्ष रहेका छन् । जहाँ कुल संक्रमितको संख्या ५ सय ५५ जना रहेका छन् । ४६ जनाले उपचार गराइरहेका छन् । ५ सय ८ जनाले कोरोना जितेर घर फर्किएका छन् ।
कपिलवस्तुका १६ वटा आइसोलेशन कक्षमा कुल संक्रमित ४ सय ५६ जना मध्ये २० जनाले उपचार गराइरहेका छन् । ७ सय ३६ जना निको भइ घर फर्किएका छन् ।
गुल्मी जिल्लामा कुल संक्रमितको संख्या ३ सय ५३ जना पुगेको छ । २२ वटा आइसोलेशन कक्षमा ११ जनाले उपचार गराइरहेका छन् । ३ सय ३९ जनाले कोरोना जितेर घर फर्किएका छन् । त्यहाँ ३ जनाको मृत्यु भएको छ ।
रूपन्देहीमा संक्रमितको संख्या ३ सय ७२ जना छ । त्यहाँ १७ वटा आइसोलेशनमा २२ जनाले उपचार गराइरहेका छन् । ३ सय २ जना उपचार गरि घर फर्किएका छन् । त्यहाँ १ जनाको मृत्यु भएको छ ।
प्युठान जिल्लामा कुल ३ सय ३३ जना कोरोना संक्रमित रहेका छन् । त्यहाँको २१ व्वटा आइसोलेशन कक्षमा २९ जनाले उपचार गराइरहेका छन । ३ सय ४ जना निको भई घर फर्केका छन्
नवलपरासी जिल्लामा कुल संक्रमितको संख्या १ सय ७ पुगेको छ । त्यहाँको २२ वटा आइसोलेशन कक्षमा २२ जनाले उपचार गराइरहेका छन् । ८५ जना उपचार गरी फर्किएका छन् ।
रोल्पा जिल्लामा कुल संक्रमित ६६ जना रहेका छन् । त्यहाँको ४ वटा आइसोलेशनमा १८ जनाले उपचार गराइरहेका छन् । ४७ जना कोरोना जितेर फर्किएका छन् ।
रूकुम पूर्वमा संक्रमित ८ जना छन् । एउटा मात्र आइसोलेशन छ । ४ जनाले उपचार गराइरहेका छन् । ४ जना उपचार गरी फर्किएका छन् । यो तथ्याकंलाई हेर्दा प्रदशेमा कोरोना संक्रमितको संख्या कम देखिएको छ । क्वारेन्टिनमा रहेका अधिकाशं घर फर्किदै छन् । यहाँका क्वारेन्टिन खाली हुने क्रम चलेको छ ।