सामुदायिक विद्यालयमा भेन्डिङ्ग मेसिन


सामुदायिक विद्यालयमा भेन्डिङ्ग मेसिन

नेपालगन्ज: बाँकेको नेपालगन्ज उप–महानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा महिनावारीका समयमा छात्रालाई सहज होस भनेर भेन्डिङ्ग मेसिन (सेनेटरी प्याड झिक्न मिल्ने मेसिन ) स्थापना गरिएको छ ।

नेपालगन्जको सरस्वती मावि र छात्रा मावि सल्यानीबागमा उप–आईतबार दुबै विद्यालयमा आयोजिक छुट्टाछुट्टै कार्यक्रममा उपमहानगरपालिकाका उपप्रमुख उमा थापाले मेसिनको उद्घाटन गरेकी हुन् ।

छात्राहरूको आत्मबल बढाउन र विद्यालयमा निरन्तरताका लागि भेन्डिङ् मेसिन स्थापना गरिएको उनी बताउँछिन् । उनकाअनुसार आगामी दिनमा क्रमश नगरका सबै सामुदायिक विद्यालयमा यो मेसिन राखिने छ । किशोरीमैत्री विद्यालय बनाउन यसले सहयोग पुग्ने उनको भनाई छ ।

महिनावारी भएको समयमा छात्राले आफुसँग भएको कार्डको प्रयोग गरि आवश्यकता अनुसारको प्याड मेसिनबाट झिक्न सक्ने हूँदा विद्यालयमा आउनेको संख्या नियमित बढी नै हुन अपेक्षा गरिएको उप–महानगरपालिकाका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापा बताउँछन् ।

Kanti Aarogya Hospital Nepalgunj

बाँकेमा सामुदायिक विद्यालयमा उक्त मेसिन स्थापना गरिएको पहिलो पटक हो । प्रयोग भएका प्याडको डिष्पोजका लागि अलग्गै मेसिन राख्ने तयारी छ ।