लकडाउन खोलिएकै दिन १०० जना कोरोना संक्रमित थपिए


लकडाउन खोलिएकै दिन १०० जना कोरोना संक्रमित थपिए

नेपालगन्ज : सरकारले लकडाउन हटाएकै दिन थप एक सय जनामा कोरोना भाइरस संक्रमण देखिएकोछ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाबाट गरिएको परीक्षणमा थप एक सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आज (बुधबार) थपिएका सहित नेपालमा संक्रमितको संख्या १८ हजार ९४ जना पुगेको छ ।

यस्तै आज बुधबार थप २०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १२ हजार ६ सय ८४ जना उपचारपछि निको भएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ८४ पीसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । भने आज बुधबार नै नेपालमा एक चिनियाँ नागरिकको कोरोनाका कारण मृत्यु भएकोछ ।