नेपालगन्ज : नेपालगन्ज स्थित भेरी अस्पताल परिसको सरसफाई गरिएको छ ।
अस्पतालका चिकित्सक, स्टाफ नर्स, स्वास्थ्यकर्मी र कर्मचारीले अस्पताल परिसरको सरसफाई गरेका हुन् ।
अस्पताल परिसरलाई सफा र सुन्दर बनाउन सफाई कार्यक्रम गरिएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डाक्टर प्रकाशबहादुर थापाले बताए ।
उनले अस्पताल परिसरमा यत्र–तत्र छरिएर रहेका प्लाष्टिकजन्य बस्तुका साथै अस्पतालमा आएका सेवाग्राहीले फालेका कागज तथा अन्य फोहर संकलन गरि ब्यवस्थापन गरिएको बताए ।
मेसु डाक्टर थापाले अस्पताल परिसरको नियमित रुपमा सरसफाई गरिने बताउँदै अस्पताललाई सफा र सुग्घर बनाउने अभियान थालिएको बताए । यसअघि डाक्टर थापा प्रमुख मेडिकल सुपरिटेण्डेण्ट भएको बेला पनि अस्पतालमा साप्ताहिक सरसफाई अभियान सुरु गरेका थिए ।