नेपालगन्ज : ‘इनफ इज इनफ’ का सामाजिक अभियान्ताले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी गरेकाछन् ।
कोभिड–१९ को उपचारका लागि स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता भएको उल्लेख गर्दै उजुरी दर्ता गरिएको ‘इनफ इज इनफ’ का सामाजिक अभियान्ता ले बताएकाछन् ।
स्वासथ्य सामाग्री खरिद प्रक्रियाको यथार्थ जानकारी, खर्च रकम, नियुक्ति भएका विज्ञको पारिश्रमिकलगायतका विषयमा जिज्ञासा राख्दै अख्तियारमा उजुरी दर्ता गरिएको हो ।
अभियन्ताका तर्फबाट सात जनाले अख्तियारमा दिएको उजुरीमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता र विज्ञको सम्पत्ति समेत छानबिन गर्न माग गरिएको छ ।
स्वास्थ्य सामग्रीमा भएको अनियमितताका विषयमा यसअघि पनि अख्तियारमा उजुरी परेको थियो । उनीहरुको उजुरीमा १२ बुदेँ सूचना समेत माग गरिएको छ ।
उक्त उजुरीमा कोभिड–१९ सम्बन्धमा स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुझाएको प्रतिवेदनसहित कति जनशक्ति परिचालन कहाँकहाँ, कतिको संख्यामा परिचालन गरियो, उनीहरुको खर्च गरिएको तलब, भत्ता तथा कोरोना महामारी नियन्त्रण लगायतमा खर्च गरिएको रकम लगायतका सूचना माग गरिएकोछ ।